प्याब्सन बाँकेले बनायो आफ्नै भवन

सदरलाइन संवाददाता २९ असार २०७९, बुधबार १५:५७
 

नेपालगञ्ज : निजी विद्यालयको छाता संगठन प्याब्सन बाँकेले आफ्नै भवन अर्थात शिक्षा मन्दिर बनाएको छ । शिक्षा मन्दिरको बुधवार प्याब्सनका राष्ट्रिय अध्यक्ष डीके ढुंगानाले एक समारोहकाबीच उद्घाटन गरे ।

अध्यक्ष ढुंगानाले अव निजी विद्यालयहरुले रोजगार र सीपमूलक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावतले गुणस्तरीय शिक्षामा निजी विद्यालयहरुले अहम भूमिका खेलेको बताए ।


शिक्षा मन्दिरमा दुई सय जना हट्ने हल बनाइएको छ । दुई तले भवनमा माथिल्लो तला कार्यकक्षकारुपमा प्रयोगमा ल्याइने बताइएको छ ।

५० लाख लागतमा बनेको शिक्षा मन्दिर उद्घाटन समारोहमा प्याब्सनका राष्ट्रिय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव आरबी कटवाल, जिल्ला शिक्षा समन्वय इकाईका उद्धव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ठुलो परिमाणमा लागुऔषध बरामद

२९ असार २०७९, बुधबार १५:५७
नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्जको सिमा नाका नजिकैबाट बुधवार फेरि अवैधरुपमा राखिएको ठुलो परिमाणमा लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमान्डमा सिमा नाकामा खटिएको टोलीले बुधवार बिहान साढे ११ बजे नेपालगञ्ज १५ जमुनाहा गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठुलो परिमाणको […]