बाँकेमा २६ जनामा कोरोना पुष्टि, ७ जना डिस्चार्ज

सदरलाइन संवाददाता ३१ असार २०७८, बिहीबार १६:१७
 

नेपालगञ्ज : बाँकेको विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ८४ नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ८८ नमुना परीक्षण गर्दा १९, नेपालगञ्ज मेडिकल कोहलपुरको प्रयोगशालामा ५१ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा ४५ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएको हो । तिमध्ये बाँकेका ९ जनामात्रै छन् ।


योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ५ सय ३९ पुगेको छ । पीसीआर परीक्षणको संख्या भने ८६ हजार ३ सय ६२ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार १ सय ७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३१ असार २०७८, बिहीबार १६:१७
नेपालगञ्ज  : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझाचोक नजिकै मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु भएको छ । नेपालगञ्जबाट राँझातर्फ आइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक हुम्ला घर भएका शंकर शाही रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार […]