बाँकेमा बुधवार १० जनामा कोरोना पुष्टि, ७ डिस्चार्ज

सदरलाइन संवाददाता २० श्रावण २०७८, बुधबार १५:४८
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५६ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ६ र बागेश्वरी प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा २ गरी थप १० जनामा भाइरस संक्रमण देखिएको छ ।


तीमध्ये बाँकेका ६ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ७० पुगेको छ । यस्तै बुधवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ६० पुगेको छ ।

बाँकेमा १३ सिकिस्त बिरामी छन् भने ३३ जना मध्यम बिरामी छन् । ५ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्रको हेडक्वार्टरभित्र जवानको शव भेटियो

२० श्रावण २०७८, बुधबार १५:४८
धनगढी : धनगढीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित हेडक्वार्टर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउण्डनजिक […]