नेपालगञ्जको जमुनाह नाकाबाट बेचविखनको जोखिममा रहेका ५२६ जनालाई फर्काईयो

सदरलाइन संवाददाता १७ श्रावण २०८१, बिहीबार १७:४८
 

नेपालगञ्ज  मानव वेचविखनको लागि नेपालगञ्जको जमुनाह नाका अतयन्तै संवेदनशिल नाकाको रुपमा रहेको छ । मानव बेचविखनको क्षेत्रमा क्रियाशिल माईती नेपाल नेपालगञ्जका अनुसार मानवबेचविखनका दृष्टिले नेपालगञ्ज नाका अतयन्तै संवेदनशिल रहेको छ ।

माईती नेपालका अनुसार आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म जमुनाह नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय २६ जनालाई सिमा क्षेत्रबाट उद्दार गरी आवधिक गृहमा प्रवेश गराई पारवारिक पुनरमिलन गराईएको छ ।

माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईरालाले सो अवधीमा श्रम तथा यौन शोषणमा परेका ९ जनालाई उद्दार गरि उनीहरुलाई पुनरमिलन गराएको जानकारी दिए । उनले नेपालगञ्ज नाका मात्र नभएर मानव तस्करहरु नेपालगञ्ज आसपासका नाकाको प्रयोग गरेर विभिन्न बाहानमा सिमापारी लैजाने क्रम बढ्दो रहेको बताए ।


उनले यो एक वर्षको अन्तरमा ५ सय ११ जनालाई सीमा क्षेत्रबाट बैदेशिक रोजगारको जोखिम तथा बेचविखनमा पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराईएको बताए ।

यसैगरी कार्यालयमा हराएको भनि खोजतलासको निवेदन ५ सय ८७ जनाको परेकोमा २ सय ९५ जना फेला परेका छन, १५ जना घरेलु हिंसाको शिकार भएको र यी मध्ये, ९ जनाको समस्या समाधान गरिएको, विभिन्न खालका हिंशामा परेका ५ जनालाई सिपमुलक तालिम दिएको माईती नेपालले जनाएको छ ।

यसैगरी सो अवधिमा २ वटा मानव बेचविखनबिरुद्ध मुद्दा दर्ता भएको र २ जना माथी जबरजस्ती करणीको मुद्दा दर्ता भएको माईती नेपालका नेपालगञ्ज प्रमुख कोईराला ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न क्षेत्रमा मनोनित गर्दै एमाले सचिवालय बैठक सकियो

१७ श्रावण २०८१, बिहीबार १७:४८
काठमाडौं । नेकपा एमाले सचिवालय बैठक बिहीबार सम्पन्न भएको छ । बैठकले पार्टीका रिक्त रहेको विभिन्न पदमा नेताहरूलाई मनोनीत गरेको छ । रिक्त रहेको एक उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एउटा उपाध्यक्ष पद खाली थियो । बरालले वाग्मती प्रदेश […]