सदरलाइनडटकम,
नेपालगञ्ज : पार्टी एकताका लागि दबाब दिने उद्देश्यले सोमवार नेकपा बाँकेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए । सभालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङले पार्टी एकताबाट कोही पनि भाग्न नहुनेमा जोड दिए ।
