भारतमा कोरोना फैलिएसँगै जमुनाहा नाकामा सतर्कता

सदरलाइन संवाददाता २५ बैशाख २०८०, सोमबार १३:५३
 

नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ ।

भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ ।

सुरुमा कोरोना माहामारी फैलिदा नेपालगञ्जस्थित जमुनाहा नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो । हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन् । गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइन्छ । तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ ।


कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमूना परीक्षण भइसकेको छ । ‘सबैले परीक्षण गर्न मान्दैनन, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन’, हेल्थ डेस्कका प्रमुख गिता गिरी शाहीले भनिन्। उनका अनुसार भारतका पञ्जाव, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए ।

कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाइते

२५ बैशाख २०८०, सोमबार १३:५३
काठमाण्डौ : राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् । भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल […]

सम्बन्धित