फलामको रड प्रहार गरेर श्रीमतीको हत्या

सदरलाइन संवाददाता १४ श्रावण २०८१, सोमबार १७:२९
 

दाङ  : दाङमा श्रीमानले फलामको रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन । राजपुर गाउँपालिका–१ रसरीखोला निवासी ३८ बर्षिय गणेश घर्तीले फलामको रड प्रहार गरि श्रीमती ३७ बर्षिय बसन्ती घर्तीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान गणेशलाई घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिए ।

दुबै जना आइतबार बेलुकासंगै खाना खाएर कोठामा सुत्न गएका थिए । तर, बिहान अवेरसम्म घरको ढोका नखुलेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहारगरी श्रीमती हत्या गरेको भेटिएको थियो ।


श्रीमान गणेशलाई फलामको रडसहित सोही कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर श्रीमान–श्रीमतीको विचमा यस अघि पनि झगडा हुने गरेको स्थानीयले बताएका छन । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो’

१४ श्रावण २०८१, सोमबार १७:२९
दाङ  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे । राजनीतिक अस्थिरताले […]

सम्बन्धित