प्रदेश ५ लोक सेवा आयोगमा भट्टराई सिफारिश

१० श्रावण २०७६, शुक्रबार १६:३३
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश पाँचको लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।
सोही अनुसार मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, समितिको सिफारिशको आधारमा प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था प्रदेश लोकसेवा ऐनमा व्यवस्था छ ।

Next Post

स्टिक्स एण्ड स्टोनस् तालिम सम्पन्न

१० श्रावण २०७६, शुक्रबार १६:३३
सदरलाइनडटकम, बर्दिया : बाँकेको बैजनाथ गाउँपालिका र बर्दियाको बारबर्दियाका बालबालिकालाई दुई दिने स्टिक्स एण्ड स्टोनस् तालिम प्रदान गरिएको छ । बालबालिकाको आफ्नै संरक्षणमा उनीहरुको संलग्नता प्रर्वद्धन गर्ने उद्देश्यले पालिकास्तरीय बालक्वल सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई तालिम दिइएको हो । बाँके युनेस्को क्लव नेपालगञ्जको आयोजना, प्लान नेपालको सहयोग र बैजनाथ गाउँपालिकाको सहकार्यमा […]

सम्बन्धित

ताजा अपडेट