नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम शुरु

सदरलाइन संवाददाता २६ फाल्गुन २०७७, बुधबार १७:३५
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजनासमेत तयार भईरहेको छ । मेयर डा. धवल शम्शेर राणाका अनुसार बुधबार यसै सन्दर्भमा पारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ ।

मेयर राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथि उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिए । आम नागरिकहरु आप्mनो शहरलाई महानगरपालिका बनाउन इच्छुक भएपनि राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने राणाले बताए ।


डिपिआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती थियो । टोलीले वडा तहसम्म पुगेर पनि काम गर्नेछ ।

Next Post

बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

२६ फाल्गुन २०७७, बुधबार १७:३५
बर्दिया : बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघको आक्रमणबाट स्थानीय २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो । घाँस काट्न गएकी सुनारलाई नेपाल–भारत सीमासँगै जोडिएको पिलर नम्बर ८४ र ८५ को बीचमा बाघले आक्रमण गरेको भगरैयास्थित सशस्त्र […]

सम्बन्धित