प्रहरीद्वारा नेपालगञ्जको जमुनाह नाकामा मास्क वितरण

सदरलाइन संवाददाता ९ माघ २०७८, आईतवार १८:५२
 

नेपालगञ्ज :  कोरोना संक्रमण बृद्धि हुन थालेपछि नेपाल भारत सीमा नाका जमुनाहामा आउजाउ गर्ने यात्रुहरुलाई वितरण गर्न मास्क सहयोग गरिएको छ ।

बागेश्वरी पोस्टको पहलमा नेपालगञ्जको देउती सर्जिकल हाउसद्वारा उपलब्ध गराएको मास्क ३ हजार थान वितरणका लागि आइतबार दिउँसो प्रहरीलाई हस्तान्तरण गरेपछि प्रहरीले जमुनाह नाकाबाट वितरण गर्न सुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके प्रहरी प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारीलाई मास्क हस्तान्तरण गरेका थिए ।


एसपी अधिकारीले ती मास्क जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सिद्धिगणेश शाह र नेपालगञ्ज ट्राफिक पोस्ट प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर र जमुनाह प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट, जयसपुर प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार सिंहलाई जमुनाह नाका भएर भित्रिने सर्ब साधारणलाई वितरण गर्ने निर्देशन सहित हस्तान्तरण गरेका थिए ।

उनले बढ्दो कोरोना संक्रमण रोक्न मास्क प्रयोगलाई अनिवार्य बनाउन उनले निर्देशन दिए । त्यसक्रममा सीमा नाकामा विना मास्क आउजाउ गरिरहेका यात्रुहरुलाई बाँके प्रहरी प्रमुख एसपी अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बस्नेत, बाँकेका कोरोना फोकल पर्सन वली, निमित्त ट्राफिक प्रमुख शाह लगायत नाकामा खटिएका सबै सुरक्षाकर्मीले मास्क वितरण गरेका थिए ।

सीमा नाकामा विना मास्क ओहोरदोहोर गरिरहेका यात्रुहरुलाई मास्क वितरण गर्दै अबदेखि अनिवार्य मास्क लगाउन आग्रह गरिएको थियो । ट्राफिक प्रहरीले कोरोनाबाट बच्ने उपायबारे माइकिङ समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शक्ति समुहद्वारा बाँकेमा नयाँ परियोजना सञ्चालन

९ माघ २०७८, आईतवार १८:५२
नेपालगञ्ज : मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा काम गर्दै आएको शक्ति समुहले बाँकेमा नयाँ परियोजना सञ्चालन गरेको छ । समुहले सोमवार नेपालगञ्जमा सरोकारवाला निकायलाई नयाँ परियोजनाका बारेमा जानकारी दिएको छ । शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङले बाँकेमा नाकाबाट उद्धार तथा संरक्षण परियोजना सञ्चालनमा ल्याएको जानकारी दिइन् । उनका अनुसार एक […]