लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

सदरलाइन संवाददाता ६ श्रावण २०८१, आईतवार २०:१८
 

दाङ्ग :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन ।

सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले राजीनामा दिएर नया सरकारका लागि बाटो खोलिदिएका हुन ।

मुख्यमन्त्री महराले छिट्टै नयाँ सरकार गठन गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरे । उनले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेभन्दा बढी विश्वासका साथ काम गरेको दाबी गरे ।


‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद हो’उनले भने । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्दै मुख्यमन्त्री महराले चालु आर्थिक वर्षको नीति तथा कायक्रम कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताए ।

मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले जानकारी दिए । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा दावी पेश गर्ने तयारी रहेको उनले बताए ।

कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काँग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा एमालेबाट आचार्य मुख्यमन्त्री बन्ने तयारीमा

६ श्रावण २०८१, आईतवार २०:१८
दाङ्ग :  सत्ता सामकरणमा आएको परिवर्तनका असर प्रदेशमा पनि परेको छ । त्यसै अनुरुप लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएपछि अब लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसँगै आज मुख्यमन्त्रीमा दावी पेश गर्ने […]