गुठी विधेयकबारे मन्त्री अर्याल र अगुवा सरोकारवालाबीच छलफल

१४ पुष २०७६, सोमबार १६:३१
 

सदरलाइनडटकम,
काठमाण्डौं   : सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारी रहेकै बेलामा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सोमबार गुठी विधेयकमा समेट्नु पर्ने विषयमा सरोकारवालसंग छलफल गरेकी छन् ।
गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका प्रमुख लगायतका सरोकारवालासँग मन्त्री अर्यालले छलफल गरेकी हुन । सो अवसरमा सहभागी अगुवाहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाइ विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने सुझाव दिएका थिए । परम्परादेखि संस्कारको रुपमा विकास हुदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरुको माग थियो ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको दिईन । उनले सरकारले एकीकृत कानुन बनाउन लागेको भन्दै त्यसका विषयमा छलफलकै चरणमा रहेकाले मस्यौदा बनिनसकेको बताईन । ‘हामीले मस्यौदा बनाउनु भन्दा पहिले सुझाव लिउ भनेर छलफल अगाडि बढाएका छौ’, मन्त्री अर्यालले भनिन, ‘काठमाडौं उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेटेर विधेयक बनाउनेछौ ।’
कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूती नयाँ गुठी विधेयकले गर्नुपर्ने सुझाव दिए । ‘यहाँको गुठी संस्कृती, भावनासँग जोडिएको विषय भएकोले संवेदनशील विषय भएकोले संस्कृति सञ्चालनका सन्दर्भमा हस्क्षेप नहुनेगरी परम्परा, संस्कृतिको संरक्षण तथा निरन्तरता हुनेगरी कानुन आउनु पर्छ’–उनले भने । उनले गुठीलाई व्यवस्थित गर्दा उपत्यकालाई विशेष व्यवस्था गरेर जाँदा उपयुक्त हुने बताए ।
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले उपत्यकाका सन्दर्भमा गुठी भनेको भावनासँग जोडिएको विषय भएकोले उपत्यकाबासीको भावनात्मक विषयलाई चोट नपुग्नेगरी विधेयक ल्याउन आग्रह गरे । समग्र गुठी व्यवस्थापन गर्दा प्राधिकरणको वोर्ड निर्माण प्रकृया तथा काम, कर्तव्य र अधिकारमा समेत हेरफेर गर्न उनले आग्रह गरे ।
प्रदेश नम्बर ३ का प्रदेश सांसद राजेश शाक्यले उपत्यकाको गुठीलाई विशेष सम्बोधन हुनेगरी विधेयक आउनुपर्ने बताउदै विगतमा गुठीका जग्गा विभिन्न बहानामा अतिक्रमण भएको घटना उपत्यकामा थुप्रै भएको दृष्टान्त काठमाडौंबासीको गुठीसँग जोडिएको भावनामा चोट नपुग्नेगरी विधेयक आउनुपर्ने कुरामा जोड दिए । रानीपोखरी, असन जस्ता क्षेत्रमा गुठीको जग्गा व्यक्तिको नाममा बनाइएको भन्दै उनले ती घटनाले पनि गुठी विधेयक सम्बन्धमा बढी उपत्यकाबासीलाई बढी चिन्तित बनाएको बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताए । काठमाडौं उपत्यका मन्दिरै मन्दिर, जात्रै जात्रा, पर्व, पुरातात्विक, ऐतिहासिक महत्वको शहर भएकोले यसलाई विशेष सम्बोधन गर्न आवश्यक भएको मेयर शाक्यको भनाइ थियो ।
त्यस अवसरमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाल गौतमले सरकारले ल्याउन लागेको एकीकृत भूमि सम्बन्धी कानुन कार्यान्वयन गर्न सहज होस् भनेर विभिन्न चरणमा छलफल अगाडि बढाइएको जानकार िदिए । सचिव गौतमले कानुन बनाउदा के विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्वपुर्ण भएकाले छलफल गरिएको बताए ।

Next Post

बाघको आक्रमणबाट घाइतेलाई राहत

१४ पुष २०७६, सोमबार १६:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले गत जेठ १३ गते खजुरा–३ धौलागिरीको किरणनालामा अरुको ज्यान बचाउन गएका बेला बाघको आक्रमण परेका दीपबहादुर श्रीसलाई राहत प्रदान गरेको छ । लामो समय भईसक्दा पनि पूर्णरुपमा स्वस्थ्य हुन नसकेका श्रीसलाई केही राहत होस् भन्ने हेतुले १ लाख रुपैयाँ गाउँपालिकाले सहयोग गरेको हो । […]

सम्बन्धित