ढीलै भए पनि नेपालगञ्ज वडा नं २० को भेला सम्पन्न

सदरलाइन संवाददाता ५ श्रावण २०८१, शनिबार १३:४७
 

नेपालगञ्ज  : नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्वर २० ले वडाभेला सम्पन्न गरेको छ । उपमाहानगरपालिकाले गत असार ११ गते १५ औं नगरसभा गर्दा शुक्रवार आफ्नै कार्यालयमा परिसरमा भेलाको अयोजना गरिएको थियो ।

आर्थिक बर्ष २०८१/०८२को योजना तथा कार्यक्रम तर्जुमा सम्वन्धी वडा भेला एवं सार्वजनिक सुनवाई कार्यक्रममा गर्ने उद्धेस्यले भेलाको आयोजना गरिएको वडा सदस्य चक्र बुढाले स्वागत मन्तव्यका क्रममा बताएका थिए ।

रु १ करोड २२ लाखको बार्षिक बजेट रहेको वडाको गत सालको भन्दा ३२ लाख कम भएको वडाध्यक्ष कौशलकुमार धोबीले बताए । आफ्नो कार्यकालको तेस्रो बर्षको योजना तर्जुमाको लागि वडाका राजनीतिक दलका प्रतिनिधि, संघ संस्था, समाजसेवी र आम वडाबासी नागरिकलाई आ–आफ्नो तर्फवाट बिकासका काममा लाग्न आव्हान गरेका थिए ।

गत आर्थिक बर्षमा भएका कामको जानकारीसमेत गरेका थिए । आर्थिक बर्ष २०८१/०८२ मा संघ तथा प्रदेशवाट बिनियोजित बजेट योजनागत रुपमा करिब २ करोड रहेको समेत बताएका थिए ।


उनले गत बर्षको आयोजना अनुसार मनिकापुर, पोतेदारपुर, ज्ञानपुरवा, माईगाउँ, नयाँवस्ती तथा हिमाली टोलको बाटो पिसिसि निर्माण कार्य सम्पन्न भएको, बि ग्रुप तथा वडाको पहलमा तरकारी बजारको लागि एयरपोर्टमा भवन निमाण भएको बताए ।

नेपालगञ्ज नगरभरिमा वडा नम्वर २० वाल तथा मातृ मृत्यूदर बढी हुने वडाको रुपमा तत्थ्याङ्क रहेकोले बर्थिङ सेन्टरलाई वाताबरण कुलित सुबिधा सम्पन्न भवन निर्माण गरिएको जसवाट वाल तथा मातृ मृत्यूदरमा कमि आउने बताए ।

आर्थिक बर्ष २०८१/०८२ का लागी टोबासीका बिकासनिर्माण सम्बन्धी योजना माग फारम भरि उत्साहका साथ बडाध्यक्षलाई बुझाएका थिए । कार्यक्रममा वडाका सामुदायिक बिद्यालयवाट शैक्षिक सत्र २०८०/०८१ मा एसईईमा सफल बिद्यार्र्थीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा ९० प्रतिशत भन्दा बढी बिद्यार्थी उतिर्ण गराउन सफल बिषयगत शिक्षकहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्व कृर्षि मन्त्री भण्डारीलाल अहिर रहेको कार्यक्रकमा नेकपा एमाले केन्द्रीय सदस्य शान्ती ढकाल बिशिष्ठ अतिथि रहेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण छ’

५ श्रावण २०८१, शनिबार १३:४७
काठमाडौं :  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताएका छन् । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले राज्यका निकायमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनु पर्ने बताए । यसका लागि केही […]