धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी

सदरलाइन संवाददाता २२ फाल्गुन २०७७, शनिबार १७:०७
 

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रालिमा शनिवार दिउँसो करिव सवा १२ बजे आगलागी भएको हो ।

आगलागी हुँदा करीब ३ करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।


करिब तीन करोड रुपैयाँ लगानीका सो फर्निचर उद्योग सञ्चालन गरिएको थियो । त्यसको अझै पनि औपचारिक रुपमा उद्घाटन भइसकेको छैन । उद्घाटन नहुँदै करोड लगानीको फर्निचर उद्योग खरानी बनेको छ । आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन ।

Next Post

होटल व्यवसायी संघ बाँकेको १६ औं र १७ औं साधारणसभा सम्पन्न

२२ फाल्गुन २०७७, शनिबार १७:०७
नेपालगञ्ज : होटल व्यवसायी संघ बाँके नेपालगञ्जको १६ औं र १७ औं साधारणसभा नेपालगञ्जमा सप्पन्न भएको छ । लुम्बिनी प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीले सो सभाको उद्घाटन गरेका हुन । लुम्बिनी प्रदेश उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री गिरीले कृषिलाई व्यवसायीकरण गर्दै वन उद्योग र पर्यटलाई जोडेर […]

सम्बन्धित