‘आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण छ’

सदरलाइन संवाददाता ५ श्रावण २०८१, शनिबार १९:३४
 

काठमाडौं :  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताएका छन् ।

नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले राज्यका निकायमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनु पर्ने बताए । यसका लागि केही समय लाग्ने भए पनि आफूले पहलकदमी लिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।


उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले अहिले देशमा आर्थिक समस्या देखिएको बताउदै भने–‘देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन्, ती आर्थिक समस्या समाधान गर्दै पछिल्ला दिनमा देखिएको निराशालाई अन्त्य गर्दै जुन प्रकारको आर्थिक शिथिलता देखिएको छ, त्यो आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नको लागि र निराश चिर्नको लागि लाग्नु पर्ने छ ।’

हामी हाम्रो देशलाई समृद्ध बनाउन सक्छौँ, आर्थिक क्षेत्रका यावत समस्याको सार्थक पहलकदमी लिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश बोकेर काम गर्नुपर्ने पौडेलले बताए ।

‘हामी सम्मानित नागरिकका हैसियतले दुनियाँका सामनेमा परिचित हुन सक्छौँ भन्ने सन्देश दिने गरी अगाडि बढ्नका लागि हार्दिकतापूर्वक अनुरोध गर्दछु’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोलखाको भिमसेनलाई पसिना, देशमा के हुने विभिन्न तर्क

५ श्रावण २०८१, शनिबार १९:३४
दोलखा : दोलखा जिल्लाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरको शीलामा पसिना आइरहेको छ । आज दिउँसो १ः४७ बजेदेखि पटक पटक मन्दिरको शिलामा पसिना आईरहेको वडा अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिए । मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको अध्यक्ष श्रेष्ठले बताए । दोलखा भीमेश्वर मन्दिरमा पसिना आएमा अनिष्ट हुन्छ भन्ने […]