बाँकेको हिरमिनिया खुल्ला दिसामुक्त गाविस घोषणा

८ असार २०७३, बुधबार ०३:४१
 

सदरलाइनडटकमkhulla disamukta 1
८ असार, नेपालगन्ज:  बाँकेको हिरमिनियालाई एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवको निर्बाचन क्षेत्र समेत रहेको बाँके निर्वाचन क्षेत्र नम्बर २ को पहिलो तथा जिल्लाको २० औं गाविसका रुपमा हिरमिनियालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
गाविस सचिव एवं अध्यक्ष ऋषिराज गौतमको अध्यक्षतामा भएको घोषणासभामा कार्यक्रमका प्रमुख अतिथि एवं बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ र विशिष्ठ अतिथि एवं स्थानीय विकास अधिकारी जिवलाल भुषालले संयुक्तरुपमा खुल्ला दिसामुक्त घोषणा गरेका थिए ।
१ हजार ३ सय ४६ घरधुरी रहेको हिरमिनियामा १ हजार १ सय ३१ वटा पक्की शौचालय, १ सय ५० तल पक्की र माथि कच्ची पर्खाल तथा ६५ वटा संयुक्त शौचालय निर्माण गरिएकाले खुल्ला दिसामुक्त घोषणा गरिएको गाविसका खरदार शिवकुमार मौर्यले जानकारी दिए ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले हिरमिनिया नमुना गविसको रुपमा रहेको भन्दै मञ्च सजावट लगायत व्यस्थापन पक्षको प्रशंसा गरेका थिए । घोषणा सभामा १ लाख ९० हजार नगद र कदरपत्र सहित गाविसलाई सम्मानित गरिएको थियो ।
स्थानीय विकास अधिकारी भुषालले १ लाख र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले ९० हजारको चेक सचिव गौतमलाई हस्तान्तरण गरी कदरपत्र सहित सम्मानित भएका थिए ।
जिल्लास्थित सबै कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्था, बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेकोे थियो । घोषणासभामा खुल्ला दिसामुक्त अभियानमा योगदान प¥याउने व्यक्तित्व एवं सघंसंस्थालाई सम्मानित समेत गरिएको सामाजिक परिचालिका पुष्पा थापाले जानकारी दिईन ।
पूर्णरुपमा खुल्ला दिसामुक्त बनाउनका लागि गाविसले विशेष कार्यक्रमका साथै अभियान समेत सञ्चालन गरेको थियो । खुल्ला दिसामुक्त गाविस घोषणाका लागि गाविस कार्यालयले शौचालय नबनाउनेलाई सेवासुविधा रोक्का गरेर जरिवानासमेत तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जदेखि जुम्लाका लागि सुविधयुक्त टाटासुमो सञ्चालनमा

८ असार २०७३, बुधबार ०३:४१
सदरलाइनडटकम ८ असार, नेपालगन्ज :  नेपालगन्जमा प्रधान कार्यालय रहेको सनराईज यातायात ब्यवसायी संघ मध्यपश्चिमका पहाडी जिल्लाहरुलाई लक्षित गरी टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ । पहाडी बाटो सुहाउदो थोरै सिट क्षमता भएको र सुबिधा सम्पन्न टाटा सुमो गाडी सार्वजनिक प्रयोगका लागि सन्चालनमा ल्याइएको संघका अध्यष गोपाल रन्जितले जानकारी दिए । […]