खडगवार–घुईयावारी सडक निर्माणको लागि काँग्रेसको पदयात्रा सम्पन्न

रुद्र सुवेदी २५ पुष २०८१, बिहीबार १३:४९
 

कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुरको खडगवारदेखि सल्यानको घुईयावारी सडक निर्माणको लागि दवाब दिने उद्देश्यले नेपाली काँग्रेस बाँके क्षेत्रनं. १ दवाब मुलक दुई दिने पदयात्रा सम्पन्न गरेको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाले आफ्नो पहिलो बजेटमा उल्लेख गरेको सो बाटो २०१७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमा पर्दै आएकोले पुनः निर्माणको लागि दवाब दिन विपी कोईरालाले लिएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको सन्दर्भ पारेर बाँकेको खड्गवारदखि सल्यानको घुईयावारीसम्म दुईदिने पदयात्रा सुरु गरिएको क्षेत्रीय सभापति पोषण राज केसीले जानकारी दिए ।

उनले भने–‘ यो बाटो निर्माण हुन सके यसले बाँके र सल्यानलाई जोड्ने भन्दा पनि यहाँको आर्थिक सामाजिक विकासको लागि ठूलो टेवा पुग्ने देखिन्छ । हिजोको परिवेशमा विपि कोईरालाको योजना भन्दै पछाडि पारिए पनि आज भने यसको भविश्य र सम्भावना राम्रो छ चाँडै निर्माण सुरु गरिनु पर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

नेपाली काँग्रेस बाँके क्षेत्रनं. १ को आयोजनामा गरिएको सो पदयात्रालाई ‘बिपि मार्ग’ पदयात्रा नामाकरण समेत गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको सहभागितामा दुईदिने पदयात्रा सुरु गरिएको हो ।

बिपि कोईरालाले २०१५ सालमा सुर्खेत, सल्यानलगायतका जिल्लासंग जोड्ने छोटो सडक सञ्जालको रुपमा आफ्नो योजनामा पारे पनि २०१७ सालमा भएको राजनैतिक परिवर्तनपछि यो कोहलपुर खडगवारदेखि सल्यानको घुईयावारी सडक आयोजना ओझेलमा परेकोले त्यसको पुनः निर्माणको लगि पदयात्रा सुरु गरिएको बाँके काँग्रेसका सभापति नारायण गौडेलले बताए ।


‘यो बाटो निर्माण हुन सके हाल सञ्चालनमा रहेको कोहलपुर चिसापानी बबई हुँदै सुर्खेत पुग्ने बाटो पनि छोटो हुने छ । समग्रमा कर्णाली प्रदेश पुग्ने सबैभन्दा छोटो बाटो हुने र यसले आर्थिक समाजिक प्रभाव पार्ने भएकोले यो निर्माणको लागि दबाब सृजना गर्न पद यात्रा गरिएको हो’ उनले भने

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कोहलपुर खडगवारदेखि सल्यानको घुईयावारी सडकलाई पर्यटकिय पदयात्रा सडकको रुपमा विकास गर्न सकिने गरी आफुहरु अध्ययन थालिएको बताए ।

उनले भने–‘ प्रदेशले पर्यटकिय गन्तव्यको निर्माण गर्ने क्रममा खड्कवार– घुईयाबारी सडक खण्डलाई पदयात्रा ट्रोलको रुपमा विकास गर्न सक्ने गरि अध्ययन अघि बढाएको छ ।’ यसका लागि सबैको सहयोग आवश्यक रहने बताए ।

विपिकोईरालाको योजना भन्दै तत्कालिन अवस्थामा ओझेलमा पारिएको कोहलपुर खडगवारदेखि सल्यानको घुईयावारी पुग्ने सडक लुम्बिनी प्रदेशबाट कर्णाली प्रदेश जोड्ने द्रुत गतिको अन्तर प्रादेशिक सडक बन्ने संभावना रहेने देखिन्छ ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शितलहरसहितको चिसोले बाँके लगायत तराईको जनजीवन प्रभावित

२५ पुष २०८१, बिहीबार १३:४९
नेपालगञ्ज :  करिब एक सातादेखिको बाक्लो हुस्सुसहित शितलहरका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । चिसोको कारण बालबालिका, जेष्ठनागरिक अत्यन्तै प्रभावित भएका छन् । बाँकेमा केहीदिन यता घाम नलाग्दा चिसो अत्याधिक बढेको छ । चिसोसंगै कुहिरोले आकाश ढाकिएर पानी परेझै शित झर्दा कठांग्रीने जाडोका कारण जनजीवन प्रभावित भएको हो । […]

सम्बन्धित