चुनावको चहलपहलसगै जनतामा नयाँ आश थपिदै

८ असार २०७४, बिहीबार २०:०९
 

सदरलाइन / सरला सुवेदी 
८ असार ,कोहलपुर : पहिलो संविधान सभाबाट निरास भएका जनता दोस्रो संविधान सभाबाट संविधान बनेपछी आशाबादी बनेका छन । संविधान सभाको चुनावताका जनप्रतिनिधिले गरेको विकास निर्माणका बाचाहरु छुटफुट पुरा भएता पनि जनताको तिब्रतर विकासको चाहना आज स्थानीय तहको निर्वाचनमा प्रस्फुटन भएको छ ।
सडक, ढल निकास, शुद्ध खानेपानी, बिधुतिकरण, सु–व्यवस्थित शिक्षालय, उच्च शिक्षाको व्यवस्था, प्राबिधिक शिक्षा, आजको दिन राजनीतिक दलका लागि चुनौतिका रुपमा देखा परेका छन । बिभेदको अन्त्य र रोजगारिको माग गम्भीर चुनौती हो । यसको अर्थ यो नगरपालिका गाउपालिकाको चुनाव राजनीतिक दलका लागि चुनौती र अवसर दुबै रुपमा देखापरेको छ ।
एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य तथा बाँके क्षेत्र न.१ का सांसद देबराज भारले रजगढवा प्रसादिपुर जोड्ने पुल सुरु भएको र चाँढो भन्दा चाँढो निर्माण सम्पन्न गर्ने अवस्थामा रहेको बताए । लखनवा हवल्दारपुर होस या जमुनी पिपिरी हुदै हाइवे जोड्ने बाटो निर्माण र जग्गा धनी पुर्जा बितरण नेकपा एमाले वडा न.७ को पहिलो प्रथमिकताको काममा पारेको वडा अध्यक्षका उम्मेदवार चित्र बहादुर बोहराले बताए ।
घरदैलोमा सामाजिक सुरक्षा भत्ता स्वास्थ्य सेवाबाट बन्चित जनसमुदायलाई घरदैलो क्लिनिक र एम्बुलेन्स सेवा, नगरबस सेवा, जनताका बिचमा पुर्याइ छाड्ने मेयर पदका उम्मेदवार लुटबहादुर रावतले बताए ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश न.५का निर्वाचन परिचालन कमिटी सदस्य पुजन बिश्वकर्माले स्थानीय तहको निर्वाचन मार्फत जनतालाई संविधान बुझाउन संविधानका पक्षमा उभ्याउन एमाले सफल भएको भन्दै संविधान कार्यन्वयनको लक्ष्य बिशाल जनसागरले एमालेको पक्षमा मतदान गर्दै संविधान कार्वनयन सुनिश्चित गर्ने दावी गरे ।
नेता विश्वकर्माले एमाले कोहलपुर नगरमा बिजयी हुनु भनेको गरिवी र अशिक्षाको अन्त्य, व्यवस्थित शहर ,हरित नगर चाहने जनता जित हुनि भन्दै कोहलपुरमा एमालेको बिकल्प नभएको धारणा राखे । कार्यक्रम क्षेत्र न.१ का सासद भारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । र्याली लखनवा प्रसादिपुर हुदै रजगढवासम्म पुगेर पुन लखनवा गाउमा आएर कोण सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठवटै स्थानीय तहमा आक्रामक प्रचार प्रसारमा बाँके कांग्रेस

८ असार २०७४, बिहीबार २०:०९
सदरलाइनडटकम ८ असार, नेपालगन्ज : नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काँग्रेसले हारे मुलुकले हार्ने भएकाले स्थानीय तह निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । सुदूरपश्चिम जाने क्रममा बिहीबार नेपाली काँग्रेस कोहलपुर नगर समितिले रझेनामा गरेको चुनावी सभालाई सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले संबिधान कार्यान्वयनका लागि […]