वैशाली (भारत) : सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरको संयोजन तथा अम्रपाली कला साहित्य समाजले भारतको विहारको वैशालीमा बोलीचालीमा रहेको ‘बज्जिका’ भाषाको संरक्षण तथा सम्वद्र्धनमा मातृभाषाको अतुलनिय भूमिका हुने कुरामा जोड दिइएको छ ।
मानवाधिकार टुडे म्यागेजिन समेतको आयोजनामा आयोजित अन्तराष्ट्रिय मातृभाषा सम्मेलनमा सरकोकार भएकाले ‘बज्जिका’ भाषा संरक्षण गर्न सके मात्र पनि उन्नत समाज निर्माणमा टेवा पुग्ने कार्यक्रका सहभागिले जोड दिए ।
सो अवसरमा अन्र्तराष्ट्रिय भाषाविज्ञ डा. सरिता बुधुले नेपालसँग भाषा र सांस्कृतिक सम्वन्ध अटुट रहेको औल्याउदै भाषाको लडाई अस्तित्वसँग जोडिएको बताईन ।
मोरिससबाट कार्यक्रममा सहभागिता जनाउन आएकी उनले भाषालाई संरक्षण तथा सम्वद्र्धन गर्नका लागि स्थानीय जागरुक हुनुपर्नेमा जोड दिदै यसलाई संवैधानिक रुपमा सुनिश्चित गर्न आग्रह गरिन ।
भारतको पटना उच्च न्यायालयका पूर्व मुख्यन्यायाधिस राजेन्द्र प्रसादले भाषाले उन्नत समाजका लागि बौद्धिक ज्ञान आदान प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताए ।
सामाजिक अभियन्ता बरुण सिंहले नेपालको मैथली भाषासँग मिल्दोजुल्दो भाषाका रुपमा बज्जिका भाषा रहेको जानकारी दिदै भाषा संस्कृति र सभ्यताको परिचय भएको बताए ।
विहार हिन्दी साहित्यय सम्मेलन, पटनाका अध्यक्ष डा.अनिल सुलभले यस भाषामा ब्याकरणको विकास हुन नसकेको उल्लेख गर्दै मातृ भाषाको मूल्य मान्यता अन्य भाषा भन्दा फरक रहेको धारणा व्यक्त गरे ।
सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरका अध्यक्ष शशीभुषणले बज्जिका भाषाका वारेमा विस्तृत जानकारी दिदै यस भाषालाई संविधानमा सुचिकृत गर्न पहल गरिएको बताए ।
सार्क जर्नालिष्ट फोरम, नेपाल च्याप्टरका अधिवेशन संयोजक रुद्र सुवेदी, सह–संयोजक आरिफ अन्सारी नेवा पत्रकार मञ्चका नृपेन्द्रद्रलाल श्रेष्ठ, सुनिल मर्हजन, लगायतले भाषाको विकासबाट पत्रकारिमा समेत टेवा पुगेको बताएका थिए ।
विहार क्षेत्रमा सो भाषाको महत्व वेग्लै रहेको बज्जिका भाषा नेपालको जनकपुरलगायतका स्थानमा समेत बोलिने यहाँका भाषा सम्वन्धी जानकारहरुले बताएका छन् । सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड र मरिससबाट प्रतिनिधि सहभागि थिए । सो अवसरमा नेपालका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।