सहकारी ठगी प्रकरण : सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने

सदरलाइन संवाददाता २५ पुष २०८१, बिहीबार १५:०९
 

पोखरा :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश आजै गर्ने सम्भावना छ ।

बुधवार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।

उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउन सक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीले जनाएको छ ।


यसैबिच, आदेशको मिति नजिकिएसँगै बुधवारबाटै पोखराका शहीद चोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको छ ।

लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाई, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मिना गुरुङ, संस्थापक सदस्य मिनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।

उनीहरु ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पूरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिद्धेश्वर महादेव मावि लौकीमा एक दिवशीय योग तथा मनोपरामर्श शिविर सम्पन्न

२५ पुष २०८१, बिहीबार १५:०९
राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी –१ लौकीमा अवस्थित श्रीसिद्धेश्वर महादेव मावि.लौकीमा एक दिवसीय योग तथा मनोपरामर्स शिविर सप्पन्न भएको छ । योग प्रशिक्षक तथा गायत्री साधक आचार्य श्रीराम दहितको प्रशिक्षणमा सम्पन्न उक्त कार्यक्रममा सो विद्यालयका निवर्तमान प्राधानाध्यापक तथा समाजसेवी रुद्रबहादुर वली लगायतको उपस्थिति रहेको थियो । योग, आध्यात्म र ध्यानको […]