विद्यालयस्तरमा मानव बेचविखन बिरुद्ध सचेतना फैलाउदै युवा

२३ भाद्र २०७३, बिहीबार १३:११
 

23 सदरलाइनडटकम
२३ भदौ, नेपालगन्ज : मानव बेचबिखन बिरुद्ध जनचेतना फैलाउनको लागि विद्यालयका विद्यार्थी लक्षित विभिन्न गतिविधि सञ्चालनमा ल्याउन थालीएको छ । माईती नेपाल नेपालगन्जको सहयोगमा माईती युवा सञ्जालको आयोजनामा ‘एउटै लक्ष्य एउटै सार मानव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ विहीबार बर्दियाको अमर ज्योति उमावि जमुनी र बाँकेको लक्ष्मी उमावि मदुई कचनापुरमा विद्यालयस्तरिय मानव बेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
माईती नेपाल नेपालगन्जका केशव कोईरालाले दिएको जानकारी अनुसार दुबै विद्यालयका विद्यार्थीलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था, कारण, दलालहरुले अवनाउने तौरतरिका, सम्पर्क स्थानहरु, कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध विद्यार्थीको भुमिका लगायतको वारेमा अभिमुखिकरण गरीएको थियो ।

22


सो अभिमुखिकरण कार्यक्रममा विद्यार्थीद्वारा मानव बेचबिखन बिरुद्ध सक्रिय रहि कार्य गर्ने गरि व्यतmीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको प्रतिबद्धता व्यतm गरेका छन् जस अन्तरगत व्यक्तिगत तवरबाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परीवार र सथिहरु सवैलाई सचेतना फैलाउने शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको वारेमा नीगरानी राख्ने परामर्श दिने र आवस्यकता अनुसार सम्वन्धित निकायसंग समन्वय गर्ने, साथै पीडित प्रभावितलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, चोकचौतारा पसलहरु समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं वहस संचालन गर्ने लगायतका कुरा हरु रहेका छन् ।
कार्यक्रमहरुमा माइती नेपाल एवं माईती युवा संजालका सल्हाकार मधु पौडेल र संजालका कोषाध्यक्ष पुष्पा सुनारले सहजिकरण गरेको क्षेत्रीय संयोजक कोईरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उद्योग बाणिज्य संघले पायो पूर्णता

२३ भाद्र २०७३, बिहीबार १३:११
   सदरलाइनडटकम, २४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पदाधिकारी चयन गर्दै कर्यसमितिलाई पूर्णता दिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बसेको बैठकले महासचिवमा अजय टंण्डन, उप–महासचिवमा तारा खत्री रोकाय, कोषाध्यक्षमा आदेश अग्रवाल र प्रवक्तामा अभय बस्नेत चयन भएका छन् । महासचिव, उपमहासचिव र कोषाध्यक्षमा क्रमश ध्रुव […]