बाँकेमा एकवर्षमा ट्राफिक सचेतना अभियानको कक्षा तीन गुणा बढीले बृद्धि

रुद्र सुवेदी २ श्रावण २०८१, बुधबार ११:४८
 

नेपालगञ्ज :  बाँकेमा सडक दुर्घटना न्युनिकरणको लागि एक वर्षमा ट्राफिक सचेतना अभियानको कक्षा तीन गुणा बढीले बृद्धि गरी सञ्चालन गरिएको पाईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक जनचेतनाका बारेमा अघिल्ला वर्षमा दैनिक २–३ वटा कार्यक्रम सञ्चालन हुने गरेकोमा यो आर्थिक वर्षमा दैनिक ७ वटा कार्यक्रम सञ्चालन गरिएको हो ।

सुरक्षित सडक बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा करिव २ हजार ५ सयवटा ट्राफिक चेतनाका कक्षा सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले सवारी चालकलाई जिम्मेवार बनाई दुर्घटना न्युनिकरण गर्दै जाने सर्वसाधारणलाई समेत ट्राफिक नियम बारे सचेत गर्ने अभियान अन्तरगत बाँकेमा चालु आर्थिक वर्षमा दैनिक सरदर ७ वटा कक्षा सञ्चालन गरिएको बताए ।

उनले जिल्लाका विभिन्न स्थानमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले सवारी चालकलाई जम्मा गरेर तीव्र गतिमा सवारी नचलाउन, हेल्मेट सधैं प्रयोग गर्न तथा मापसे र लापसे नगर्न हरेक दिन अनुरोध गर्नुको साथै पैदल यात्रु तथा विद्यार्थीलाई सडक पार गर्ने तरिका। जेब्रा क्रशिङ्गको प्रयोग गर्ने तरिका लगायतका बारेमा गत साउनदेखि असार मसान्त सम्म २ हजार ४ सय ७५ वटा सेसन मार्फत १ लाख २९ हजार २ सय ३२ जनालाई ट्राफिक सचेतनाको ज्ञान दिईएको बताए ।


उनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८–०७९ मा २ सय ८० कक्षा सञ्चालन गरी १५ हजार १ सय ५८ जनालाई ट्राफिक सचेतनाको कक्षा दिईएको थियो । यसैगरी आर्थिक वर्ष २०७९–०८० मा ७ सय ७३ वटा सचेतना कक्षा मार्फत ३४ हजार ६४ जनालाई सचेतनाको कक्षा दिईएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्ग, कोहलपुर–नेपालगञ्ज सडक खण्डसँगै दुर्घटना धेरै हुने अन्य विभिन्न ठाउँको पहिचान गरेर सचेतना अभियानलाई निरन्तरता दिइएको छ ।

ट्राफिक प्रहरी बाँकेले पैदल यात्रु र साइकल चालकलाई समेत ट्राफिक नियमको बारेमा जानकारी गराउने कार्य गर्दै आएको छ । पैदलयात्रुलाई सडक पेटीमा हिँड्न र जेब्राक्रसिङबाट बाटो काट्न सिकाउने गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला प्रहरी बाँकेद्वारा असार महिनामा सम्पादित कार्यप्रगती सार्वजनिक

२ श्रावण २०८१, बुधबार ११:४८
नेपालगञ्ज :  बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ असार महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । जिल्लामा एस्पी तुलबहादुर कार्कीले कमाण्ड सम्हाले यता कार्यालय वा मातहतबाट सम्पादित कार्य प्रगति विवरण सार्वजनिक हुँदै आएको छ । कार्यालयबाट असार महिनामा अबैध ओसारपसार तथा भन्सार छलीका सामान नियन्त्रणमा लिएर […]

सम्बन्धित