गोविन्द पाण्डेलाई यस वर्षको लोकसंस्कृति पुरस्कार

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १३:३५
 

नेपालगञ्ज : कैलाली जनपुस्तकालय धनगढीले जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख समेत रहेका लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्द पाण्डेलाई ०७९ सालको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार प्रदान गर्ने भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका गिडीखोलामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगन्जमा बसोवास गर्दै आएका पाण्डेलाई २० फागुनमा हुने पुस्तकालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार प्रदान गरिने भएको हो । उनी विगत दुई दशकदेखि कर्णाली क्षेत्रको लोकसाहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशनमा सक्रिय छन् ।


उनले वि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोटदेखि दार्चुलासम्मका जिल्लाहरूमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न व्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर ‘देउडाः विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।

पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन वृत्तिमा कर्णालीको लोकसाहित्यको अध्ययनसमेत गरेका छन् । उक्त कृति हाल प्रकाशोन्मुख अवस्थामा रहेको छ । पाण्डे कर्मचारी मिलन केन्द बाँकेको उपाध्यक्षसमेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातन्त्र दिवसका अवसरमा नेपालगञ्ज–९ मा चेतनामूलक र्याली

७ फाल्गुन २०७९, आईतवार १३:३५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ मा आज चेतनामूलक र्याली गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा वडा स्तरीय चेतनामूलक र्याली गरिएको वडा अध्यक्ष गोविन्द रेग्मीले बताए । र्यालीमा वडा अध्यक्ष, सदस्यहरु, कर्मचारी, विद्यार्थी, वडाबासी लगायतको उपस्थिति थियो । हिंसा, मानव बेचविखन, बालविवाह, स्वास्थ्य, सरसफाईका क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न […]

ताजा अपडेट