सदरलाइनडटकम,
नेपालगञ्ज : चितुवाको छालासहित नेपालगञ्जमा दुई जना पक्राउ परेका छन् । प्रदेश नं. ५ प्रहरी अनुसन्धान समुहले नेपालगञ्ज वडा नं. ४ बसपार्क क्षेत्रबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रदेश नं. ५ अनुसन्धान समुहका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए । छालासहित रोल्पा लिवाङ्ग नगरपालिका वडा नं. १ बस्ने ४४ बर्षीय चन्द्रबहादुर घर्ती र स्मृति गाँउपालिका २ बस्ने आइते बिष्ट मगरलाई पक्राउ गरिएको उनले जानकारी दिए । दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
