अफगान छात्रालाई हाइस्कुलको परीक्षा दिन अनुमति

सदरलाइन संवाददाता २१ मंसिर २०७९, बुधबार १४:५७
 

काठमाण्डौ : अफगानी छात्राले हाइस्कुलको परीक्षा दिन पाएका छन् । तालिवान नेतृत्वको सरकारका एक अधिकारी र कागजातहरूबाट उक्त खुलासा भएको हो । अफगानिस्तानमा सत्ता लिएपछि तालिबानले केटीहरूलाई कक्षामा जान प्रतिबन्ध लगाएको थियो ।

एसोसिएटेड प्रेसलाई प्राप्त तालिबान शिक्षा मन्त्रालयका दुई कागजातका अनुसार यो निर्णय अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३१ वटामा लागू भएको छ । ती ३१ प्रान्तमा डिसेम्बरको अन्त्यमा विद्यालयमा जाडोको बिदा शुरु हुन्छ ।


काबुलको शिक्षा विभागका प्रमुख एहसानुल्ला किताबले परीक्षा बुधबार हुने बताएका थिए । उनले अन्य विवरण पनि दिएनन् र कति जना छात्राले परीक्षा दिन पाउने छन् भन्ने पनि खुलाएनन् । काबुल शिक्षा विभागका कागजातअनुसार परीक्षा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।

सेप्टेम्बरमा पदभार ग्रहण गरेका शिक्षामन्त्री हबिबुल्ला आगाले हस्ताक्षर गरेको कागजातले अफगानिस्तानका ३१ प्रान्तमा परीक्षा सञ्चालन हुने जानकारी मिलेको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो मात्रामा लागुऔषधसहित रुपईडिहामा एक नेपाली पक्राउ

२१ मंसिर २०७९, बुधबार १४:५७
नेपालगञ्ज : नेपालगञ्जको सीमासँगै जोडिएको भारतीय बजार रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित एक नेपाली पक्राउ परेका छन् । रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्ति पक्राउ परेका हुन् । […]

सम्बन्धित

ताजा अपडेट