अर्थोपेडिक तथा न्यूरो सर्जरीका विरामीका लागि ग्राण्डीले छुट्टै रिह्याबिलिटेसन वार्ड सञ्चालनमा ल्यायाे

१९ बैशाख २०७५, बुधबार १९:२६
 

सदरलाइनडटकम
१९ बैशाख, काठमाण्डौ  : अर्थोपेडिक तथा न्यूरो सर्जरीपछि लामो समय उपचार तथा पुनःस्थापनाका लागि बस्नुपर्ने विरामीको लागि लक्षित गरी काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा छुट्टै रिह्याबिलिटेशन वार्ड संचालनमा ल्याएको छ ।
बुधबार एक औपचारीक कार्यक्रम सहित अस्पतालको सातौ तल्लामा सो वार्डको शुभारम्भ गरिएको अस्पताल प्रशासनले जनाएको छ । ‘अर्थोपेडिक तथा न्यूरो सर्जरीपछि लामो समय उपचार तथा पुनःस्थापनाका लागि बस्नुपर्ने बिरामीहरुलाई सहज र सुलभरुपमा पुनःस्थापना सेवा उपलब्ध गराउने उद्देश्यले संचालित वार्डमा ५ वटा बेड रहेका छन’–अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले भने ।
अस्पतालको फिजिकल थेरापी युनिटको प्रत्यक्ष सहभागितामा संचालित सो वार्डमा अत्यन्त दक्ष तथा अनुभवि चिकित्सक तथा फिजिकल थेरापिष्टहरुद्वारा उपचारपछिको पुनःस्थापना सेवा उपलब्ध रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा पाण्डेले जानकारी दिए ।
यस रिह्याबिलिटेशन वार्डको संचालनले देशका बिभिन्न भागबाट उपचारका लागि आएका बिरामीहरुलाई सुलभ मुल्यमा स्तरिय पुनःस्थापनासेवा पाउन सहज हुनुका साथै तथ्यमा आधारित बैज्ञानिक रिह्याविलिटेशन सेवा समेत सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
संसारका राम्रा उपचापछि गरिने पुनःस्थापना केन्द्रहरुमा उपलब्ध रहेका उपचार तथा पुनःस्थापनामा प्रयोगहुने उपकरणहरुको उपलब्धता रहेको यस वार्डमा बिरामीले अस्पताल भित्र नै सुलभ मूल्यमा बिशेषज्ञको निगरानीमा नर्सिङ केयर सहितको पुनस्थापना सेवा समेत उपलब्ध रहने बताइएको छ ।
वार्डको उद्दघाटन प्याराग्लाइडिङ दुर्घटनामा घाइते भएर हाल ग्राण्डीमा उपचार गराइरहेका क्यानाडेली पर्यटक लुइस डेभिड डुरोचर तथा घुडाँको सफल उपचार ग्राण्डीमा गराएर खेलमा फर्कीएका राष्ट्रिय जुडो खेलाडी संजय महर्जनले गरेका थिए ।

Next Post

प्रधानमन्त्री ‘जिफन्ट’ पदाधिकारी भेटघाट, मासिक र दैनिक ज्यालामा वृद्धि गर्न माग

१९ बैशाख २०७५, बुधबार १९:२६
सदरलाइनडटकम   २० बैशाख, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं […]

सम्बन्धित