काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठी

५ जेष्ठ २०७५, शनिबार २०:३९
 

सदरलाइनडटकम
५ जेठ, नेपालगन्ज : नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भेरी सहित्य समाज नेपालगन्जको आयोजनामा नेपालगन्जमा काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठि सम्पन्न गरिएको छ ।
सो गोष्ठीमा कवीताको विविध पक्षबारे चर्चा गरिनुका साथै विभिन्न भाषाका काव्य रचना प्रस्तुत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा अमर गिरिले काव्य रचना सैद्धान्तिक अध्यन विना नै सिर्जना हुने भए पनि यसको मापन सैदान्तिक ढाँचामा हुने भएकाले अध्यन गरेर लेख्दा अझै उतकृष्ट हुने विश्वास व्यक्त गरे ।
प्रष्ठिानका पुर्व सदस्य सचिव सन्त रेग्मीले साहित्य रचनाको जननी कविता भएकाले यसको गरिमा र महत्व कहिल्यै कम नहुने दावी गरे ।
कविताको विविध पक्षबारे केन्द्रीत कार्यपत्र साहित्यकार इन्द्रबहादुर भण्डारीले प्रस्तुत गरेपछि सो माथि टप्पणी समेत गरिएको थियो ।
समाजका अध्यक्ष हरि तिमील्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उर्दु भाषी गजलकार अव्दुल लतिफ शौक, थारुभाषि सुशिल चौधरी, छबीलाल कोपीला, यस्तै सिर्जन लम्साल, खगेन्द्र गिरि कोपीला, जिवराम भण्डारी, महानन्द ढकाल, भवानी न्यौपाने, अनुपमा करारा, रामचन्द्र आचार्य लगायत दर्जन बढी साहित्यकारले आ–आपm्ना रचना प्रस्तुत गरेका थिए ।


Next Post

शैक्षिक गोष्ठी हुँदै

५ जेष्ठ २०७५, शनिबार २०:३९
सदरलाइनडटकम ६ ज्येष्ठ, नेपालगन्ज :  बिदेशमा पढन जानका लागि आवश्यक पर्ने शैक्षिक ‘कोर्स’ ‘आईईएलटिस्’ पढाउन नेपालगन्जमा खुलेका संस्थाहरुमा बिद्यार्थीहरुको घुँइचो लाग्न थालेको छ । बिद्यार्थीहरुको आर्कषण बढ्दै छ । यसै क्रममा ग्रेस इन्टरनेशनल नेपालगन्जले शिक्षा क्षेत्रमा आफुहरुको भुमिका महत्वपुर्ण रहेको जनाएको छ । २०६१ सालदेखि नेपालगन्जमा कोरियन भाषा, अष्ट्रिलियन भाषा […]