नेपालगञ्जबाट १४ करोडको प्लाइउड भारत निकासी

सदरलाइन संवाददाता ७ श्रावण २०८०, आईतवार १६:३५
 

नेपालगञ्ज : नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०७९/०८० मा १४ करोड रुपैयाँ बढीको प्लाइउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा १४ करोड १२ लाख ५४ हजार रुपैयाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो ।

नेपालगञ्जमा रहेका विभिन्न उद्योगहरूले उत्पादन गरेको प्लाइउड भारत निकासी गर्दै आएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा गत आवमा धेरै मूल्यको प्लाइउड भारततर्फ निकासी भएको छ । भन्सार कार्यालय नेपालगञ्जका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार आव २०७८/०७९ मा ८० लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड भारततर्फ निकासी भएको थियो । प्लाइउड भारततर्फ धेरै परिमाण र मूल्यको निकासी हुने नेपाली वस्तुको चौथो नम्बरमा रहेको छ ।

नेपालगञ्ज नाकाबाट जडीबुटी, खोटो रोजिन र खयर कत्था धेरै निकासी भएको छ । पछिल्लो समय नेपाली प्लाइउडको भारतमा अत्यधिक माग बढेको बाँकेको जानकी गाउँपालिका ३ इन्द्रपुरमा रहेको प्लाइउड उद्योग मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले जानकारी दिए ।


मियाले भने, “केहीसमय अघिसम्म उत्पादन थन्किएपछि बैङ्कको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थियो, अहिले भारत जान थालेपछि समयमै कसरी सामान दिने भन्ने चिन्ताले सताउने गरेको छ ।”

नेपाली व्यवसायीहरूका अनुसार अहिले भारतको प्रयागराज सहित कानपुर, लखनउ, आगरा, बहराईच, नानपारा लगायतका शहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेका छन् । भारतीय व्यापारीहरूको रोजाइमा २९ जातबाट तयार पारिएको प्लाइउड, ढोकाहरू पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

७ श्रावण २०८०, आईतवार १६:३५
नेपालगञ्ज : अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थाननजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चदेवल […]

सम्बन्धित