नवनियुक्त सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

सदरलाइन संवाददाता ३२ असार २०८१, सोमबार १८:४१
 
काठमाडौँ,३१ असारः
पदभार सम्हाल्दै नवनियुक्त सञ्चारमन्त्री गुरुङ
नवनियुक्त सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रालयमा सोमबार पदभार सम्हाल्दै । तस्बिरःचन्द्रकला क्षेत्री÷रासस

काठमाडौँ  : सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन । उनले नयाँ सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन ।

नेकपा (एमाले) का नेता गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन । उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत हुन ।


गुरुङले गत आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङलाई पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न नवगठित सरकार बाधक बन्दैन  : अर्थमन्त्री पौडेल

३२ असार २०८१, सोमबार १८:४१
काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न बाधक नबन्ने बताएका छन । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गर्दै उनले बजेट कार्यान्वयनमा कुनै […]