ब्राउन सुगरसहित नेपालगञ्जका सुरक्षा गार्ड पक्राउ

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १४:२२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ परेका छन् । वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडीबाट सुरक्षा गार्ड कृष्ण जिसी बुधवार विहान पक्राउ परेका हुन् ।

जिसीलाई तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । भुपु आर्मी जिसी राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए ।


उपमहानगरपालिकाको क्वाटरबाट निस्केका जिसी केहीबेरपछि ब्राउनसुगरसहित पक्राउ परेका थिए । जिसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २ संक्रमित थपिए, १ डिस्चार्ज

२२ मंसिर २०७८, बुधबार १४:२२
नेपालगञ्ज : बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्ज र बागेश्वरी ल्यावमा एकएक जनागरी दुईजनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ […]