संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैनः एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता २७ असार २०८१, बुधबार १८:४२
 

काठमाडौ  : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने कुरामा जोड दिदै संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको बताएका छन् ।

पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको प्रष्ट पारे ।

संविधान संशोधनको लागि आयोग बनाउने सहमति पनि नभएको उनले बताए । अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको बताउदै एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उनले आपत्ति जनाए । प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेकोमा पनि उनले चिन्ता व्यक्त गरे ।


अध्यक्ष ओलीको सचिवालयका अनुसार निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने, देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनु परेको उनले प्रष्ट पारे ।

‘संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डो¥याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उनले भने,‘त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको हो । त्यसबारेमा विस्तृतमा पछि छलफल हुनेछ ।’ अहिले धेरै कुरा बजारमा आएको बताउँदै अध्यक्ष ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे ।

उनले कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट नभएको बताउदै सरकारमा सबैदललाई स्थान दिने भन्ने विषयमा भने सहमति भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सम्पन्न

२७ असार २०८१, बुधबार १८:४२
काठमाडौं :  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा एमाले र नेपाली कांग्रेस बिच भएका सहमतिका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराएका थिए । उनले दुई दल बिच देशलाई स्थिरता दिने विषयमा सहमति भएको जानकारी बैठकमा गराएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । […]

सम्बन्धित