सदरलाइनडटकम,
डोल्पा : माटोको ढिस्कोले पुरिएर डोल्पामा एक महिलाको मृत्यु भएको छ । डोल्पा ठूलीभेरी नगरपालिका ५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
घर पोत्ने माटो खन्न गएको बेलामा माटोको ढिस्कोले पुरिँदा बिहीवार दिउँसो जुनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माटोको ढिस्कोमा पुरिएको खबर माझफाल प्रहरी चौकीलाइ जानकारी दिएलगत्तै प्रहरीको टोली र स्थानीयको सहयोगमा जुनाको उद्धार गरेपनि बचाउन नसकिएको उनका श्रीमान् शम्शेर बुढाले जानकारी दिए ।
उद्धार समयमा गर्न नसक्दा श्रीमती गुमाउनु परेको बुढाले दुःख व्यक्त गरे । कानुनी प्रक्रिया पूरा गरि शव श्रीमान् शम्शेर बुढालाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए ।
Next Post
पश्चिमी वायुको प्रभावले हिमपात र पानी पर्ने
१७ पुष २०७६, बिहीबार १५:५७
सम्बन्धित
-
३ मंसिर २०७४, आईतवार २०:१६
चुनावी एजेण्डाका साथ नेपालगन्जका घरघरमा वाम गठबन्धन
-
९ पुष २०७६, बुधबार १९:०९
बाँके बर्दियालाई कर्णालीमा गाभ्न १७ सदस्यीय संघर्ष समिति गठन
-
१९ भाद्र २०७७, शुक्रबार १२:४७
बाँकेमा शुक्रवारदेखि दुई दिने निषेधाज्ञा जारी
-
५ आश्विन २०७६, आईतवार १०:१३
नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर, दुई सय पचास लाभान्वित
-
१ आश्विन २०७५, सोमबार १३:५८
वास्तु विद्याका ज्ञाता विश्वकर्माको सोमवार पूजा गरिँदै
-
२७ जेष्ठ २०७७, मंगलवार १२:०३
क्वारेन्टाईनमा सर्पले डसेपछि गूरुवाको भरमा रातभर झारफुक बिहानमात्र अस्पताल पुराईयो