‘बर्दियामा बालविवाहविरुद्धको परियोजना सफल’

सदरलाइन संवाददाता १३ मंसिर २०८०, बुधबार १४:३४
 

नेपालगञ्ज : प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा सञ्चालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।
प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।

सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो ।
सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार्यक्रम प्रबन्धक अम्बिका प्रसाद तिमिल्सेना, मन्दिरा न्यौपाने, बित्त बिकास प्रबन्धक भुमिका श्रेष्ठ, प्राबिधिक सल्लाहकार प्रतिमा कुवँर, कार्यक्रम संयोजक झलकमान बिश्वकर्मा र बिमल गैह्रे लगायतको पनि उपस्थिती रहेको थियो ।

अनुगमन पुर्व बाँके युनेस्को क्लब र बी ग्रुपद्धारा परियोजनाको सम्बन्धमा संक्षिप्त प्रस्तुती गरिएको थियो । अनुगमन टोलीले बर्दिया जिल्लाको राजापुर नगरपालिका अन्तरगतको बाल अधिकार समिति र राजापुर युवा महिला संजालसँग छुट्टाछुट्टै भेट तथा अन्तरक्रिया गरेको थियो ।

खासगरी बाल अधिकार समितिसँगको भेटमा अनुगमन टोलीले बाल अधिकार समितिको गठन कहिले भएको हो ? यसको संरचनागत बनावट, यसले बाल बिवाह न्युनिकरण र बाल संरक्षणका सवालहरुको सम्बोधनमा के कस्ता कार्य गरेको छ ?, राजपुर नगरपालिकामा बाल संरक्षणका सवालहरु के के छन् र ती सवालहरुको समाधानमा के कस्ता चुनौतीहरु छन् । बाल संरक्षणको सवालहरुको संबोधन कसरी गर्ने गरिएको छ र यसको प्रक्रिया के छ । बाल अधिकार समिति चलायमान छ की छैन लगायतका बिषयमा स्थानीय बाल अधिकार समितिसँग जिज्ञासा राखेको थियो ।

ती जिज्ञासाहरुको जवाफ राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी, महिला बालबालिका शाखा प्रमुख रीता कुमारी थारु र बाल अधिकार समितिका अन्य पदाधिकारी लगायतले दिएका थिए ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले यस पालिकामा गरीवीका कारण बिद्यालय छोडेर कामको खोजीमा भारतका बिभिन्न स्थान र नेपालका ठुला सहरहरुमा बालकहरु कामको खोजीमा जाने भएकोले बिद्यालय छोड्ने स्थिती आउँने गरेको बताए ।

उनले त्यसका लागि कमाउँदै, पढ्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने र राजापुर नगरपालिकामा बाल बिवाहको स्थिती प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र वी ग्रुपद्धारा संचालन गरेको बाल बिवाह, चाँडै बिवाह र जवरजस्ती गरिने बिवाह रोकथाम परियोजनाको कार्यन्वयनको कारण दु्रत गतिमा घट्ने क्रम रहेको हुँदा यो परियोजनालाई उप्रान्त दिनहरुमा पनि संचालन गर्नुपर्ने आबश्यकता रहेको बताए ।


त्यसैगरी राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी र यसै पालिकाकाका महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाका प्रमुख रिता कुमारी थारुले स्थानीय बाल अधिकार समितिले यस पालिकामा बाल अधिकार प्रबर्धन र बाल बिवाह न्युनिकरणका लागि बिभिन्न संघ, संस्थाहरुसंगको सहकार्यमा भए, गरेका कामहरु र उपलब्धहिरुको बिषयमा संक्षिप्त प्रस्तुति गरेकी थिइन् ।

सो अनुगमन टोलीले राजापुर नगरपालिकामा बिशेष गरी बाल बिवाह न्युनिकरण लगायत युवा महिला, युवा र बालबालिकाहरुको हकहितको लागि कार्यरत राजापुर युवा महिला संजालसँग पनि भेट तथा अन्तरक्रिया गरेको थियो ।

अनुगमन टोलीले राजापुर युवा महिला संजालसँग पनि यस संजालको स्थापना, लक्ष्य, उदेश्य, बालबिवाह न्युनिकरण लगायत युवा महिलाहरुको अधिकार प्रबर्धनकालागि संजालले गरेका कार्यहरु, संजालको भावी कार्ययोजना, बिशेष गरी युवा महिलाहरुलाई सिप तथा आय आर्जनमा जोड्न सक्ने क्षेत्रहरु, राजापुर युवा महिला संजालको युवाको सवालमा वकालत गर्न सक्ने क्षमता र संजालको दीगोपनाको सन्दर्भमा जिज्ञासा राखेको थियो ।

त्यसपछि राजापुर युवा महिला संजालका पदाधिकारीहरु र सदस्यहरुले स्पष्ट रुपमा संजालबाट संपन्न भएका कार्यहरु, यसको भावी योजना र संस्थागत बिकासको क्षेत्रमा आफ्नो धारणा राखेका थिए ।

राजापुर नागरिक समाज संजालबाट पनि प्लान ईन्टरनेशनल नेपाल सँगको सहकार्यमा बाँके युनेस्को क्लब र वी ग्रुपबद्धारा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजनाले यस पालिकामा बाल बिवाह न्युनिकरणका लागि महत्वुर्ण भुमिका खेलेको र यस परियोजनाबाट संचालित गतिबिधीहरुले बाल बिवाह हुने दर उल्लेख्य मात्रामा घेटेको हुँदा यो परियोजनालाई अझै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

अनुगमनमा बाँके युनस्ेका क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रबेज अलि सिद्धिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ्ग, कार्यकारी निर्देशक साजिद अलि सिद्धिकी, बित्त तथा कार्यक्रम ब्यबस्थाक बेद प्रकाश पंगाली, कार्यक्रम संयोजक महेश नेपाली, बाँके युनेस्को क्लबका प्राबिधिक सल्लाहकार बसन्त कुमार बि.सी. र समाजिक परिचालन अधिकृत जनकराम थारु लगायतको सहभागिता रेहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजारमा लगानी गर्दै बाँकेका विद्यार्थी

१३ मंसिर २०८०, बुधबार १४:३४
नेपालगञ्ज : बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरु बताउँछन् । “हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” […]