खजुराबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

सदरलाइन संवाददाता २४ आश्विन २०८०, बुधबार २२:०८
 

खजुरा (बाँके) : बाँकेको खजुरा क्षेत्रबाट १४ वर्षिय किशोरसहित ४ जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेका छन् । बाँके प्रहरीले बुधबार १४ वर्षिय किशोरसहित चार जनालाई लागू औषध ब्राउनसुगरसहित पक्राउ गरेसँगै लागू औषध कारोबारमा नाबालिक प्रयोग हुने गरेको पाईको हो ।

इलाका प्रहरी कार्यालय, धनौली खजुराको टोलीले खजुरा( ६, सिमलघारीबाट १४ वर्षिय किशोरसहित अन्य ३ जनाबाट २ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । नाबालक किशोर र २० वर्षिय कालु सुनारबाट सय मिलिग्राम ब्राउनसुगर तथा सिमलघारीबाटै २३ वर्षिय मनोज बस्याल र २४ वर्षिय बादल नेपालीबाट दुई ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।


लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुग्दा लागु औषध सहित किशोर सहितका युवाहरु ब्राउन सुगर सहित फेला परेको इलाका प्रहरी कार्यालय धर्नालीका प्रमुख अशोक मल्लले जानकारी दिए ।

पछिल्लो समय बाँकेका बालक र किशोर लागु औषध र चोरीमा बढी फेला समातिने गरेका छन् । लागु औषधको लतमा लागेकाहरु चोरीमा संलग्न भएको पाइने गरेको प्रहरी तथ्याँकले देखाएको छ । खबरकुराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपांगता भएका ब्यक्तिको प्रजनन अधिकारका बारेमा नेपालगञ्जमा छलफल

२४ आश्विन २०८०, बुधबार २२:०८
नेपालगञ्ज : अपांगता भएका ब्यक्तिको प्रजनन अधिकारका बारेमा नेपालगञ्जमा अधिकारकर्मी, सञ्चारकर्मीबीच अन्तरक्रिया गरिएको छ । नेपाल परिवार नियोजन संघ बाँके शाखाको आयोजनामा बिहीबार गरिएको अन्तरक्रियामा अपांगता भएका व्यक्तिलाई राज्यले गरेको वर्गिकरण, उनीहरुको अवस्थालगायतको विषयमा छलफल भएको थियो । संघ बाँकेका कार्यालय प्रमुख रस्मी श्रेष्ठले परिवार नियोजन संघ बाँकेले अपांगता भएका […]