विश्वासको मत नदिन एमालेको ह्वीप

सदरलाइन संवाददाता २७ असार २०८१, बुधबार १८:२४
 

काठमाडौं : प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना संसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेका हुन् ।

यही असार २८ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् ।


सो दिनको बैठकमा पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

एमालेले आफुलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका थिए ।

एमालेले भने आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैनः एमाले अध्यक्ष ओली

२७ असार २०८१, बुधबार १८:२४
काठमाडौ  : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने कुरामा जोड दिदै संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको बताएका छन् । पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र […]