मेडिकल कलेज कोहलपुरमा बन्द रहेको डायलाइसिस सेवा शुरु

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १३:२६
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बन्द रहेको डायलसिस सेवा पुनः शुरु भएको छ ।

साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्युवरण गरिरहेका थिए । अस्पतालमा डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको थियो ।

मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलाइसिस सेवा चलाउँदै आएको थियो ।

पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको थियो ।


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले विरामीलाई ध्यानमा राखेर अहिले अस्पताल आफैले डायलाइसिस सेवा शुरु गरेको जानकारी दिए ।

‘केही मेसिनहरु विग्रिएका रहेछन् उनले भने–‘प्रादेशिक अस्पताल दाङबाट तीन वटा मेसिन झिकाएर अहिले डायलाइसिस सेवा नियमित गरेका छौं ।’

अस्पताल आफैले डायलाइसिस सेवा सञ्चालन गर्ने निधो अनुसार बिहीवारदेखि ६ वटा मेशिनबाट एक साथ डायलाइसिस सेवा शुरु भएको कर्मचारी संगठनका निवर्तनमा सभापित कुश्माखर बस्यालले जानकारी दिए । डायलाइसिस सेवा शुरु भएपछि विरामीहरुलाई ठूलो राहत मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बिहीवार चर्चित ब्याण्डका गायक अमृत गुरुङ गुञ्जिदै

२९ मंसिर २०७९, बिहीबार १३:२६
नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा बिहीबार चर्चित नेपथ्य ब्याण्डका अमृत गुरुङको स्वर गुञ्जायमान हुने भएको छ । मानवसेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रम अन्तरगत नेपथ्य लाइभ कन्सर्ट हुन लागेको हो । गायक गुरुङले बिहीवार आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै […]

सम्बन्धित