नागरिकले प्रश्न गर्ने अवस्था आउन नदिन काउन्सिल अध्यक्ष बस्नेतको आग्रह

सदरलाइन संवाददाता २७ असार २०८१, बुधबार १८:०५
 

नेपालगञ्ज ः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नागरिकबाट प्रत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेकोतर्फ सचेत गराउँदै प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकारले मेहनत गर्ने बेला आएको बताएका छन् ।

उनले बुधबार नेपालगञ्जमा प्रेस काउन्सिल नेपालको आयोजनामा ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ बिषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

उनले पत्रकारहरूले कतिपय पत्रकारहरुले गरेको कर्मका कारण नेपालमा पत्रकारिता माथि प्रश्न उठिरहेको बताउदै पत्रकारले आफ्नै कर्मको समीक्षा गर्न जरूरी रहेको औंल्याए । सुचना प्रबिधिले ठुलो फड्को मारेको उल्लेख गर्दै उनले पुरानै धर्रामा रहेर मिडिया चलाउन नसकिने स्पष्ट पारे ।

संबिधानतः राज्यले प्रेस काउन्सिल गठन गरे पनि सहज वातावरणमा काम गर्ने अवस्था नरहेको उनले बताए । ‘सरकारले काउन्सिललाई तलव खा र चुपचाप बस भन्ने जस्तो ब्यवहार देखाई रहेको छ ।’ उनले भने ।


लोककल्याणकारी विज्ञापनका नाममा करोडैं रूपैयाँ अपारदर्शी ढंगले बितरण भईरहेको अध्यक्ष बस्नेतको आरोप छ । उनले सरकारी निकायबाट कहिँकतै दर्ता नभएका, अनलाईन र सामाजिक सञ्जाललाई करोडौं भुक्तानी भएको बताउँदै त्यस विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

अध्यक्ष बस्नेतले पछिल्लो समय युट्युबले समाजमा प्रभाव पारिरहेको चर्चा गर्दैै त्यसलाई नियमन गर्न काउन्सिलले प्रयास गरिरहेको जानकारी दिए ।

काउन्सिल लगायतका नियमनकारी निकायमा दर्ता भएका मिडियाहरुबाट सञ्चालनमा रहेका युट्युबहरुको अभिलेख राख्ने गरिएपनि ब्यक्तिगत संचालनमा रहेका युट्युबलाई कानुनको दायरामा ल्याउन नसकिने उनले जिकिर गरे ।

कार्यक्रममा पत्रकार शरद अधिकारी र झलक गैरेले युट्युब, स्थानीय मिडिया र सामाजिक सञ्जालको समाजमा रहेको प्रभावका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाले संयोजन गरेको कार्यक्रममा शाखाका कार्यबाहक अध्यक्ष संगीन शर्माले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वासको मत नदिन एमालेको ह्वीप

२७ असार २०८१, बुधबार १८:०५
काठमाडौं : प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना संसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेका हुन् । यही असार २८ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् । सो […]

सम्बन्धित