सदरलाइनडटकम,
नेपालगञ्ज : फागुन १६ गतेदेखि नेपालगञ्जमा ५ दिने विशेष चौथो शिव साधना शिविर सञ्चालन हुने भएको छ । पिण्डेश्वर शिवलक्ष्मी धाम तुल्सीपुर र चौथो शिव साधना आयोजक समिति नेपालगञ्जद्धारा उक्त शिविर सञ्चालन हुने भएको हो ।
नेपालगञ्ज–१० भृकुटीनगरमा हुने शिविरमा सवा करोड बत्ती बाल्ने, साधना गर्ने, स्वास्थ्य उपचार गर्नेलगायतका कार्यक्रम गरिने आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ । मदन बाबाद्धारा दिइने प्रवचनसँगै ध्यानद्धारा अनेकन विरामीले स्वास्थ्य लाभ लिन सक्नेपनि समितिका संयोजक हरि सुवेदीले जानकारी दिए ।
करीब एक हजार जनाको सहभागिता रहने शिविर सञ्चालनका लागि विभिन्न ९ वटा उपसमिति निर्माण गरिएको सञ्चार संयोजक ओवीराज आचार्यले बताए । साधनामा सहभागी हुने व्यक्तिबाट न्यूनतम शुल्क र विभिन्न दाताको सहयोगमा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।
Next Post
पाँच नम्बर प्रदेशस्तरीय जुडो प्रतियागिता खजुरामा शुरु
१८ माघ २०७५, शुक्रबार १८:२६
सम्बन्धित
-
१६ भाद्र २०८१, आईतवार १८:४६
यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)
-
१ भाद्र २०७५, शुक्रबार १६:५९
विद्युत प्राधिकरणको ३३औँ वार्षिकोत्सवको अवसरमा रक्तदान
-
१४ कार्तिक २०७६, बिहीबार १४:०५
चौकीदार नाईके बाहिर राखि कैदीबन्दीले गरे भित्रबाट तालाबन्दी
-
५ भाद्र २०७६, बिहीबार १५:४७
वालिका बलात्कार आरोपमा दमाई सार्वजनिक
-
२० पुष २०७७, सोमबार १४:१४
सशस्त्रद्वारा ठूलो परिमाणमा अवैध सामग्री बरामद
-
७ जेष्ठ २०७९, शनिबार १३:३४
नेपालगञ्जमा मतदातालाई धन्यबाद दिन गठबन्धनको संयुक्त र्याली