बाँकेमा बुधवार ६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १३ आश्विन २०७८, बुधबार १६:४५
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालमा ६१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् ।


योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार २ सय १३ पुगेको छ । यस्तै बुधवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याद गुज्रेको खाद्य सामाग्री बिक्रि गर्ने सहकारीलाई २० हजार जरिवाना

१३ आश्विन २०७८, बुधबार १६:४५
नेपालगञ्ज : संयुक्त बजार अनुगमन समिति बाँकेले बुधबार बैजनाथ गाउपालिकाको एक सहकारीलाई अनुचित व्यापारिक कृयाकलाप गरेको अभियोगमा म्याद नाघेका खाद्य सामाग्री नष्ट गर्नुको साथै नगद जरिवाना गरेको छ । जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, बाणिज्य कार्यालय र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले […]