बाँकेमा चट्याङ लागेर दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २७ असार २०८१, बुधबार १७:२७
 

राप्तीसोनारी (बाँँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ हरियरपुरमा धान रोप्दै गरेरका दुई रोपाहको चट्याङ्ग लागेर मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार चट्याङ्ग लागेर ३४ वर्षीया सम्झना बिक र सोही ठाउँ बस्ने ३७ वर्षीया बसन्ती भन्ने निमा उपाध्यायको मंगलबार साँझ मृत्यु भएको हो ।

उनीहरु स्थानीय ३० वर्षीया शलिना डिसीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनीहरूको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


साथै चट्याङ लागेर घाइते भएकी शलिनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकले प्रश्न गर्ने अवस्था आउन नदिन काउन्सिल अध्यक्ष बस्नेतको आग्रह

२७ असार २०८१, बुधबार १७:२७
नेपालगञ्ज ः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नागरिकबाट प्रत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेकोतर्फ सचेत गराउँदै प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकारले मेहनत गर्ने बेला आएको बताएका छन् । उनले बुधबार नेपालगञ्जमा प्रेस काउन्सिल नेपालको आयोजनामा ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ बिषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । उनले […]

सम्बन्धित