नेपालगञ्ज रंगशालामा प्याराफिट जडान तीव्र

१४ चैत्र २०७५, बिहीबार १४:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तीव्ररुपमा अघि बढाइएको छ । प्याराफिटको अन्य प्रावधिक काम सगं सगै ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जनाए ।
१० दिनभित्र भिआइपि प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरीएको मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलिले जानकारी दिए । प्रावधिक इन्जिनियरहरु समयमै प्याराफिट निर्माण गरीसक्ने उदेश्यका साथ दिनरात खटिएको अध्यक्ष वलिले बताए ।
चैत्र २७ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने लक्ष्य अनुरुप कार्य विभाजन भए स्वरुपनै कामलाई तीव्रता दिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । भिआईपि प्याराफिट कस्तो बनिरहेको छ भनेर अनुगमन गर्न सरोकारवाला निकाय, खेल प्रेमि तथा सञ्चारकर्मीहरुलाई राष्ट्रिय खेलकुद परिषदले अनुरोधसमेत गरेको छ ।

Next Post

भीरबाट लडेर रुकुममा एकजनाको मृत्यु

१४ चैत्र २०७५, बिहीबार १४:२५
सदरलाइनडटकम, रुकुम पूर्व : भीरबाट लडेर रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान […]