राप्तीनदीको बाढीमा फसेका चारजना डुंगाचालकको उद्धार

सदरलाइन संवाददाता २४ असार २०८१, आईतवार १९:४७
 

नेपालगञ्ज :  राप्ती नदीको सतह बढ्दा नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार सशस्त्र प्रहरीको प्रकोप उद्दार टोलीले सकुशल उद्धार गरेको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरीले आइतबार उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।


नदीमा आएको बाढीका कारण रातभर फसेका राप्तीसोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको उनले जानकारी दिए ।

उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली ४३ जना प्रहरीसहितको टोली परिचालित भएकोे थियो ।

राप्ती नदीबाट सर्वसाधारणलाई डुङ्गामा राखेर वारिपारि गराउँदै आएका मल्लाहको उद्धारपछि तीन जनालाई लाइफ ज्याकेट वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा नदीमा डुवेर एक बेपत्ता, सशस्त्र प्रहरीले मोटरबोटको प्रयोग गरी खोजीकार्य जारी

२४ असार २०८१, आईतवार १९:४७
नेपालगञ्ज :  बाँकेको डुडुवा नदीमा डुवेर एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार उनी पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका हुन । आईतबार साँझ करिव साढे ५ बजेतिर नेपालगञ्ज–२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाँउका ४२ वर्षिय सुशीलप्रसाद दाहाल डुवेर […]