एमाले कोहलपुर वडानं. ५ को भेला सम्पन्न

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १८:५६
 


कोहलपुर (बाँके) :  नेकपा एमाले कोहलपुर वडा नं. ५ वडा पार्टी कमिटीको भेलाले निर्वाचन केन्द्रीत कार्यक्रम लिएर टोल–टोल पुग्ने भएको छ । वडा कमिटीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो भेलाका सहभागिले वडामा भएका विकास निर्माणको लेखाजोखा, भावी योजनाका बारेमा छलफल भएको हो ।

नकपा एमाले प्रदेश कमिटी सदस्य बसन्ती अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष डिल्ली विसी, प्रदेश कमिटी सदस्य भारती खनाल, नगरप्रमुख लुटबहादुर रावत, जिल्ला कमिटी सदस्य कृष्णा पाठक, क्षेत्रीय संयोजक बलराम भट्टराईलगायतको उपस्थितिमा सम्पन्न भेलाले पार्टीलाई निर्वाचनमा विजय बनाउनको लागि आवश्यक तयारी र योजनाको बारेमा चर्चा गरिएको थियो ।


सो अवसरमा पार्टी निकट अनेमसंघ, अखिल नेपाल किसान संघ, युवा संघलगायतका भातृसंगठनका कमिटी समेत गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सभा सदस्य आरती पौडेलको संयोजकत्वमा संर्घष समिति

२२ फाल्गुन २०७८, आईतवार १८:५६
नेपालगञ्ज :  लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गरिने भनिएको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने षडयन्त्र गरेको भन्दै बाँकेमा सर्व पक्षिय संघर्ष समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको अगुवाईमा आईतबार गरिएको सर्वदलिय र सर्वपक्षिय भेलाले बाँकेका प्रदेशसभा सदस्य एवं पूर्व कृषिमन्त्री आरती पौडेलको संयोजकत्वमा संघर्ष समिति समेत […]

सम्बन्धित