दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका–२०७५ बारे छलफल

६ फाल्गुन २०७५, सोमबार १९:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धी निर्देशिका–२०७५ बारे छलफल आयोजना गरेको छ ।
कार्यक्रममा दाङ्ग, बाँके, बर्दिया र सुर्खेतका दुग्ध उत्पादन गर्ने किसान, डेरी सञ्चालक तथा उपभोक्ता लगायतको सहभागिता रहेको सो कार्यक्रममा भारतीय दुध नेपाली बजारमा निर्बाध भित्रिने बाटो नथुन्दासम्म गुणस्तरीय दुध नेपाली उपभोक्ताले पाउन कठिन हुने सहभागिले बताएका छन् ।
सो कार्यक्रममा बोल्दै बर्दियाका दुध उत्पादक किसान तथा व्यावसायी ईन्द्रप्रसाद लुईटेलले भारतीय उत्पादनले आफुहरुको मेहनत र लगानी डुबाउन लागेको अवस्थामा राज्यले राहत भन्दा पनि निर्देशिका ल्याएर झनै पीडित बनाउन लागेको आरोप लगाए ।
उनले आफुले दैनिक छ हजार दुध संकलन गरेर बजारमा पठाउने गरेको कहिले काही विभिन्न समस्याले गर्दा दुध त्यतिकै पोख्नु पर्ने अवस्था आउदा गतवर्ष ७२ हजार लिटर दुध पोखेको र यो वर्ष १० हजार लिटर पोख्नु परेको दुखेसो गरे । ‘हाम्रो उत्पादन सबै राज्यले खपत गरेर नियमन गर्दै निर्देशिका मार्फत कडाई गर्दा राम्रो हुन्छ अन्यथा हाम्रो उत्पादनको बजार ग्यारेन्टी नै नगरी नियमन गर्छु भन्न मिल्दैन’– उनले भने ।
बर्दिया बढैयाताल–१ कि किसान कौशिला सिंहले गुणस्तर कायम गर्नको लागि राज्यले निर्देशिका ल्याएको हो भने किसानले उत्पादन गरेको सबै दुध राज्यले नै खरिद गरी प्रोत्साहन गर्नु पर्नेमा निर्देशिका मार्फत किसान तर्साउन खोजेको आरोप लगाईन । दाङ्ग घोराहीका मनबहादुर बुढाथोकीले निर्देशिका किसानको हितमा नभएको कुरामा जोड उनले उपभोक्तालाई सचेत बनाउन सके मात्र प्याकेजिङ्ग दुधको प्रयोग आउन सक्ने बताए ।
सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका महाप्रबन्धक सञ्जिव कुमार कर्णले दुग्ध जन्य पदार्थको उत्पादन, संकलन र वितरण प्रणालीमा रहेका त्रुटीलाई हटाउदै गुणस्तरिय दुध उपलब्ध गराउनु रहेको बताए । उनले भारतीय उत्पादनलाई अंकुश लगाउदै नेपाली व्यावसायी, किसान र उपभोक्तालाई गुणस्तरीय दुध उपलब्ध गराउनको लागि निर्देशिका ल्याईएको दाबी गरे ।
उनले नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गत २०७५ असोज ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार आगामी चैत्र ४ गतेदेखि कार्यन्वयनमा आउने निर्देशिकाको बारेमा सरोकारवालासंग अन्तरक्रिया आयोजना गरिएको बताउदै निर्देशिका लागु भएपछि बजारमा खुल्ला दुध बेच्न नपाईने व्यवस्था रहेको जानकारी दिए ।
उनले भने–‘ निर्देशिकाले औल्याएका कुरा किसान, संकलक र डेरी सञ्चालकदेखि उपभोक्तासम्मले अबलम्बन गरे गोठदेखि ओठसम्म गुणस्तरिय दुध पाईने कुरामा दुईमत छैन ।’ निर्देशिकाले निर्दिष्ठ गरेका विषयबस्तु व्यवहारमा कठिन भएपनि समग्रमा सबैको हितमा रहेको दाबी गरे ।
सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका कार्यलय प्रमुख ज्योत्सना श्रेष्ठले निर्देशिकामा उल्लेख भएको विषय बस्तुको बारेमा प्रकाश पारेकी थिईन ।  

Next Post

बाँकेमा पनि मनाईयो प्रजातन्त्र दिवस

६ फाल्गुन २०७५, सोमबार १९:५७
सदरलाइनडटकम, नेपालगञ्ज : ६९औं प्रजातन्त्र दिवस बाँकेमा पनि मनाईएको छ । राष्ट्रसेवक कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रतिनिधि मुलक जनप्रतिनिधि र राजनीतिक दलको उपस्थितिमा मनाईएको सो दिवसको प्रभातफेरी नेपालगञ्जको बीपीचोकदेखि सुरु भएर जिल्ला समन्वय समितिमा पुगेर समापन भएको थियो । जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी […]

सम्बन्धित