शुक्रवार बाँकेमा १३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १५ श्रावण २०७८, शुक्रबार १६:०६
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १५३ नमुना परीक्षणमा बाँकेका ४ जनासहित १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप कसैको मृत्यु भएको छैन ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना, मेडिकलमा कलेज कोहलपुरमा ६ जना र बागेश्वरी ल्याबमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ६ सय १७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ३८ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा ५७ जना सक्रिय संक्रमित रहँदा २७ जना अस्पताल र आइसोलेसनमा छन् भने ५२ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेजविक्रम शाह मेची–महाकाली यात्रामा

१५ श्रावण २०७८, शुक्रबार १६:०६
नेपालगञ्ज : कोभिड–१९ बाट ज्यान गुमाउने नागरिकहरुप्रति समर्पित महाकाली–मेची शान्ति साइकल यात्रा–२०७८ को लागि बाँकेमा तेज विक्रम शाह जाने भएका छन् । शुक्रवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी आफूले विश्वभर कोभिड–१९ को महामारीबाट ज्यान गुमाउनेहरुको आत्मा चिरशान्तिका लागि उक्त महामाली–मेची यात्रा गर्न लागेको बताए । कोभिड–१९ बाट विश्वभर ज्याद गुमाएकाहरुको आत्माको […]