नेपालगन्ज फोटो फेस्टिवलको तयारी बारे अन्तरक्रिया

२१ बैशाख २०७५, शुक्रबार २०:१७
 

सदरलाइनडटकम
२१ बैशाख, नेपालगन्ज : आगामी जेठको तेस्रो हप्ता नेपालगन्जमा आयोजना हुने दोस्रो नेपालगन्ज फोटो फेस्टिवलको तयारी तीव्र वनाइएको छ । जेठको २६ र २७ गते नेपालगन्जमा सो फेस्टिवलको आयोजना गरिने भएको हो ।
यस क्रममा शुक्रवार नेपालगन्जमा कार्यरत फोटो पत्रकार एवं स्वतन्त्र रुपमा फोटोग्राफीमा संलग्नहरुवीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रियाका सहभागीहरुले फोटो फेस्टिवल यसक्षेत्र कै लागि एउटा महत्वपूर्ण अवसर भएकोले भव्यताका साथ सफल पार्नु सवैको दायित्व भएको वताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीले फेस्टिवलले यस क्षेत्रको फोटो पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको वताए ।
यसैगरी महासंघका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाईले फेस्टिवलले यस क्षेत्रको पर्यटन, संस्कृति, र पहिचानलाई उजागर गरेको वताए ।
नेपालन्ंज फोटो वाकर्सका संयोजक विशाल रानामगरले फेस्टिवलले यस क्षेत्रका फोटोग्राफिमा रुची राख्ने सवैलागि ठूलो अवसर भएको वताए ।
नेपालगन्ज फोटो फेस्टिवल अन्तरालको आयोजना र व्यवस्थापनमा हुदै आएको छ । अन्तरालको भगीनी संस्था अन्तराल फोटो बैंकले फेस्टिवलमा सहकार्य गरेको छ ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले ६ वटा विधामा १–१ जना पुरस्कृत गरिने र १ जनाले वर्ष फोटो उपाधी पाउने वताए । दैनिक जनजीवन, पर्यटन र संस्कृति, खेलकुद, वन्यजन्तु र प्रकृति, समाचार फोटो र नेपाल स्माइल विधा रहेको फेस्टिवलमा प्रदेश न.ं ५, ६ र ७ मा २ वर्ष यता खिचिएका तस्वीरहरु प्रतिस्पर्धाका लागि समावेश गरिने आयोजकले जनाएको छ ।


 

Next Post

सदरलाइन सडक विस्तार : अदालतको आदेशपछि संरचना भत्काउन शुरु

२१ बैशाख २०७५, शुक्रबार २०:१७
सदरलाइनडटकम २१ बैशाख, नेपालगन्ज  : उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशले सदरलाइन सडक निर्माण कार्यलाई निरन्तरता दिन आदेश दिएको दोस्रोदिन नेपालगन्जको मुख्य बजार सदरलाइन सडक किनारका संरचना हटाउन शुरु गरिएको छ । सदरलाइन सडक निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिन नेपालगन्ज उप–महानगरपालिकाले शुक्रबारदेखि सडक किनारका सम्पूर्ण संरचना भत्काउन शुरु गरेको हो […]

सम्बन्धित