डुडुवा नदीमा डुवेर एक बेपत्ता, सशस्त्र प्रहरीले मोटरबोटको प्रयोग गरी खोजीकार्य जारी

सदरलाइन संवाददाता २४ असार २०८१, आईतवार १९:५६
 

नेपालगञ्ज :  बाँकेको डुडुवा नदीमा डुवेर एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार उनी पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका हुन ।

आईतबार साँझ करिव साढे ५ बजेतिर नेपालगञ्ज–२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाँउका ४२ वर्षिय सुशीलप्रसाद दाहाल डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।


उनी डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त हुने वित्तिकै सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेश राँझाबाट सशस्त्र प्रहरी निरिक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिगई नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा खोजिकार्य भई रहेको सशस्त्र प्रहरी वल ३० नं. गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले जानकारी दिए ।

घटनास्थलमा सशस्त्र प्रहरीको टिमले मोटरबोटको सहयोगमा उद्दार र खोजीकार्यमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा डुवेका व्यक्तिको खोजीका लागि गोताखोरको टिम परिचालन

२४ असार २०८१, आईतवार १९:५६
नेपालगञ्ज :  आइतबार साँझ बाँकेको डुडुवा नदीमा डुवेर बेपत्ता भएका नेपालगञ्ज–२० राँझा विमानस्थल ४२ वर्षिय सुशीलप्रसाद दाहालको सशस्त्र प्रहरीको गोताखोरको टिमले खोजी रहेको छ । उनी हिजासाँझ साढे ५ बजे पौडि खेल्नेक्रममा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए । उनी डुडुवामा डुवेर वेपत्ता […]

सम्बन्धित