राप्ती नदीतटिय क्षेत्रका स्थानीयले भने : बाढी आउदा राहत होईन बस्ति नै सारिदेउ

रुद्र सुवेदी २४ असार २०८१, आईतवार १७:०४
 

नेपालगञ्ज :  बाँकेमा राप्ती नदीका कारण बर्षेनी हुने बाढी र डुवानको समस्याबाट मुक्त बनाउने गरी ठोस योजना बनाउन राप्ती तटिय क्षेत्रका बासिन्दाको माग छ । उनीहरुले ले बाढीपछि राहत दिनु भन्दा पहिला नै बस्तिलाई सुरक्षित बनाउन वा अनेत्र सार्न माग गरेका हुन ।

बाँकेको राप्तीनदी तटीय क्षेत्रका बासिन्दाले वर्षेनी हुने बाढीको कहरबाट जोगाउन राज्यले बाढीको जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानन्त्रण सहितको योजना बनाई बस्ती नै सार्नुपर्ने माग गरेका छन् ।

राप्तीसोनारी–१ भवानियापुरका तेजबहादुर सुवेदीले राप्तीको बाढीको डुवानले आफुहरु हरेक वर्ष पीडित भएको भन्दै आफुहरुलाई सुरक्षित स्थानमा बस्ति सार्नुपर्ने माग गरे ।

उनले भने–‘ हरेक वर्ष बाढी र डुवानका कारण बस्ती जोखिममा परेर राहत कुर्ने बाध्यतालाई हटाउन र निकुञ्ज मानव बस्तीबीचको द्वन्द्वका कारण पर्ने समास्या समाधानका लागि बस्ती नै अनेत्र सार्नुको विकल्प छैन ।’

शुक्रबार रातीदेखि परेको अविरल वर्षातले राप्तीसोनारी–१ को बागखोर, खोकरी, चुनाह, सिक्टा लगायतका नदि किनारका गाउमा बाढीको पानी पसेको स्थानीय गेहेन्द्रकुमार खड्काले जानकार िदिए ।


तीन दिनदेखि परेको अविरल वर्षातको कारण राप्तीसोनारी गाउपालिकाको नदी तटिय क्षेत्रका गाउहरुमा बाढीको पानी पसेर जोखिममा परेकालाई अनेत्र सार्ने काम भएको वडानं. १ का वडा अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए ।

नदीको पानी पसेर डुवानमा परेकालाई उद्दार गरी सुराित स्थानमा सार्ने काम गरिएको बताउदै उनले भने–‘वडाको तर्फबाट गर्नुपर्ने उद्दार र सुरक्षित स्थानमा सार्न सुरु भई सकेको छ । सेल्टर हाउसको अवभव छ हरेक वर्ष माग गरेर पठाउने गरे पनि रकम विनियोजित हुन सकेको छैन ।’

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राप्ती नदीमा नदिको सतह आठ मिटर पार गरेपछि नदीतटीय क्षेत्रका गाउमा बाढीको पानी पसेकोले राप्तीसोनारीका करिव ३ दर्जन र डुडुवामा डेढसयलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

राप्तीनदीमा वर्षेनी आउने बाढीले बाँकेको राप्तीसोनारी गाउपालिकाको १,२, ३, ४,५,६, ७ नंम्बर वडा, डुडुवा गाउपालिकाको १,२, ३, ४ नं वडा र नरैनापुरको वडांनं ५ र ६ मा वर्षेनी डुवान र कटान गर्दै आएको छ ।

त्यसमा झन सिमाक्षेत्रमा भारतले निमाण गरेको लक्ष्मणपुर बाँध र दशगजामा समानन्तर निर्माण गरिएको सडक बाँधले झनै डुवानमा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीनदीको बाढीमा फसेका चारजना डुंगाचालकको उद्धार

२४ असार २०८१, आईतवार १७:०४
नेपालगञ्ज :  राप्ती नदीको सतह बढ्दा नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार सशस्त्र प्रहरीको प्रकोप उद्दार टोलीले सकुशल उद्धार गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरीले आइतबार उद्धार गरेको सशस्त्र प्रहरी बल […]