खजुरा (बाँके) : लुम्बिनी प्रदेशस्तरिय विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्ने गरी प्रदेश सरकारले गरेको निणर्यलाई फेरबदल नगर्न खजुरा गाउँपालिकाले आग्रह गरेको छ । खजुरामा बन्ने भनिएको प्रदेश विश्वविद्यालयको लागि प्रदेशको योजना आयोगले अनेत्र जग्गा खोजी गर्न थालेपछि खजुरा गाउपालिकाले सो बारेमा बिहीबार आधिकारीक धारणा सार्वजनिक गर्दै प्रदेश योजना आयोगले नियतबस अन्तै सार्न थालेको भन्दैमा आपति समेत जनाएको छ ।
सो विश्वविद्यालय खजुरामा स्थापना नहुने समाचार सार्वजनिक भएसँगै खजुरा गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयकै लागि खजुराको रनियापुरमा रहेको एक सय बिगाहा जग्गा कित्तासमेत तोकेर गाउँपालिकाले प्रदेस सरकारलाई बुझाईसकेको अवस्थामा विश्व विद्यालय अनेत्र सार्न खोजीनु बाँके बर्दियाप्रतिको विभेद पूर्ण नियत रहेको खजुरा गाउपालिकाका अध्यक्ष किसकत कुमार कक्षपतिले आरोप लगाए ।
सम्मेलनमा बोल्दै खजुराका अध्यक्ष कक्षपतिले विश्वविद्यालय स्थापनाका लागि पालिकाले गनुपर्ने सबै प्रक्रियाहरु पुरा गरिसकेको छ । ऐन नबनेकै कारण विनियोजन भएको २० करोड बजेट खर्चहुन नसकेको अवस्थामा आफ्नो कमीकमजोरीलाई अहिले आएर योजना आयोगले नियतबस आफ्नो प्रतिवेदनमा विश्वविद्यालयका लागि स्थानमा खजुराको नाम उल्लेख छैन । कागजपत्र हराएको र खजुरामा जग्गा कमहुने भन्ने जस्ता सबैकुरा बाहानाबाजी मात्रै भएको उनको दाबी छ ।
यस्तै खजुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसीले खजुरामै विश्वविद्यालय स्थापनार्थ अबका दिनमा एकीकृत ढंगले आन्दोलन अघाडि बढाउनु पर्नेमा जोड दिए । ‘हामिले विश्वविद्यालउय भित्रको एउटा फ्याकेल्टीको मात्रै माग गरेको होईन हामिलाई पुर्ण रुपमा एउटा विश्वविद्यालय चाहिएको हो । कागजातहरु पुर्ण छैनन् भने के पुगेन त्यो भन्नुपर्यो । तर, यो वा त्यो बाहानामा सार्न वा लैजान पाईदैन’–उनले भने ।
योजना आयोगले खजुरामा रहेको जग्गा कम हुने भन्दै अन्य जिल्लामा प्रदेश विश्वविद्यालयको प्रशासनिक भवन रहने गरी तयारी थालिसकेको छ । केही वर्षअघि नै खजुरामा प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने घोषणा सहित रोतो किताबमा समेत लुम्बिनी प्रदेश सरकारले पारेको थियो । केही दिनअघि मात्र लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विश्वविद्यालय घोषणा गर्ने सार्वजनिक गरेको थियो ।