बड्का अट्वारीमा बाँकेसहित तीन जिल्लामा सार्वजनिक बिदा

सदरलाइन संवाददाता २८ भाद्र २०८०, बिहीबार १५:१०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेको छ । थारू बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त बिदा दिएको हो ।


चैत १७ को निर्णयअनुसार बिदा दिइएको अधिकृत माधव शर्माले सूचना जारी गरी जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुशे औशीको अवसरमा लियो क्लव नेपालगञ्ज बजारद्वारा वक्तृत्वकला

२८ भाद्र २०८०, बिहीबार १५:१०
नेपालगञ्ज :  कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर लियो क्लव अफ नेपालगञ्ज बजारको मुख्य आयोजना तथा लियो क्लव अफ नेपालगञ्ज, लियो क्लव अफ नेपालगञ्ज खजुरा, लियो क्लव अफ नेपालगञ्ज बागेश्वरी र लियो क्लव अफ नेपालगञ्ज सनराईजको सहकार्यमा विद्यालयस्तरिय बक्तृत्वकला कार्यक्रम नेपालगञ्मा सम्पन्न भएको छ । लियो क्लव […]